जबरजस्ती करणी गराउने मतियारसहित ३ जना पक्राउ
बिहीबार, ०४ माघ २०८०, १२ : १५

दाङ । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गराउन लगाएको मतियारसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका-७ सिप्टा बस्ने ४३ वर्षीय सुकविर कुमाल र सोही गाउँपालिका-६ बस्ने १० वर्षीय २ जना बालक रहेका छन् ।
सुकविरले ४ जना बालकहरूलाई ती बालिकालाई जबरजस्ती करणी गर्न लगाएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खांग्राबाट खटिएको प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको थियो ।
उनीहरूमध्ये २ जना बालकलाई आफन्तको जिम्मा लगाई पठाइएको छ भने सुकबिर कुमाल र अन्य २ जना बालकउपर जिल्ला अदालत दाङबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्ररहीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनीमार्गमा राजनीतिक लगायतका प्रदर्शन रोक्न माग गर्दै सर्वोच्चमा रिट
-
छाडा चौपायाको गोबर र गहुँतले सडक चाँडै भत्किरहेको छ : सांसद बलायर
-
गगन थापालाई प्रश्न : दुई दलीय संयन्त्रमा बसेर सरकारको आलोचना किन ?
-
पहलगाम हमलाको असर : पर्सास्थित नेपाल–भारत सिमानामा व्यापक कडाइ
-
टाइटनको ब्रान्ड एम्बेसडर बनिन् मिस नेपाल केसी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?