बीपी प्रतिष्ठानमा हर्क साम्पाङले गरेको तालाबन्दी खुल्यो
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या समाधान गर्न निर्देशन दिएको एक हप्ता पुग्न लाग्दासमेत दुई पक्षबीच कुनै छलफल हुन सकेको छैन ।
प्रधानमन्त्री प्रचण्डले गत मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका थिए ।
तर, प्रतिष्ठानका उपकुलपति डाक्टर प्रा.डा. प्रह्लाद कार्कीले छलफल तथा कार्यकारिणी समितिको बैठक काठमाडौँमै राख्न चाहेपछि समस्या समाधान हुन नसकेको हो । शिक्षक र कर्मचारीहरूले भने बिपी प्रतिष्ठानभित्रै छलफल हुनुपर्नेमा जोड दिएका छन् । शिक्षकहरूले दबाबमूलक कार्यक्रमहरू भने अहिले पनि गरिरहेको जनाएको छ ।
विगत ७ वर्षदेखि बढुवा प्रक्रिया रोकिएको भन्दै शिक्षक र चिकित्सक आन्दोलित भई पठनपाठनसमेत बन्द गरेका थिए । पठनपाठन बन्द भएको भन्दै विद्यार्थी धर्नामा बसेका थिए । तर, अहिले कुनै पनि बन्द हडतालको कार्यक्रम भने नरहेको आन्दोलनरत पक्षले जनाएको छ । यस्तै यही विवादका कारण धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लगाएको ताला समेत खुलाइएको छ ।
‘पौष महिना समाप्त हुन लाग्दा समेत अन्तरवार्ता सुरु नगरेर व्यवस्थापन पक्षले सम्झौता पालना नगरेकोले मिति २०८०/०७/२० मा भएको सम्झौता कार्यान्वयन गरिनुपर्छ भनी दुवै पेसागत सङ्गठनहरूले मिति २०८०/०९/२९ देखि दबाबमूलक कार्यक्रमहरू मात्र सञ्चालन गरिरहेको वास्तविकतालाई अस्पताल जस्तो अत्यावश्यक सेवा बन्द गरेको, तालाबन्दी गरेको, मौलिक अधिकारको हनन् गरेको भन्ने समाचार एवं सन्देश प्रवाह भइरहेको प्रति दुवै पेसागत संगठनको ध्यानाकर्षण भएको छ,’ शिक्षक कल्याण समाज तथा कर्मचारी कल्याण समाज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान संयुक्त संघर्ष समितिले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘सहमति बमोजिम अवरुद्ध अन्तरवार्ता पुनः सुचारु गर्न गराउन पेसागत सङ्गठनहरूले हाल दबाबमूलक कार्यक्रम मात्र सञ्चालन गरिरहेको कायममुकायम उपकुलपतिको कार्यकक्षमा मेयरज्यू (हर्क सम्पाङ)ले लगाउनु भएको तालासमेत उहाँ स्वयंको तर्फबाट मिति २०८०/१०/०५ गते नै खोल्दिसकेको र पेसागत संगठनहरूको तर्फबाट अस्पताल सेवामा अवरोध हुनेगरि अस्पतालको कुनै कार्यक्षेत्र कार्यकक्ष एवं कार्यालयमा तालाबन्दी नगरिएको कुरा सरोकारवाला सबै महानुभावहरू एवं निकायहरूमा प्रस्ट्याउन चाहन्छौँ ।’
प्रतिष्ठानका उपकुलपति कार्कीले भने आफूलाई प्रतिष्ठानमा निषेध गरिएको कारण देखाउँदै सम्पर्क कार्यालय काठमाडौँमा कार्यकारिणी समितिको बैठक राखेको तर्क गर्दै आएका छन् ।
यता, शिक्षक र कर्मचारीहरूले भने आफूहरूसँग भएको सहमति कार्यान्वयन गर्ने लिखित प्रतिबद्धता जनाएको खण्डमा प्रतिष्ठान प्रवेश तथा मुख्य कार्यालय धरानमै कार्यकारिणी समितिको बैठक सञ्चालन गर्ने वातावरण बनाउन आफूहरू तयार रहेको जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण