सलमान अब अपराधीको सूचीमा, छन् ३९ औं नम्बरमा
बलिउड अभिनेता सलमान खानको नाम अब अपराधीको सूचीमा सूचीकृत भएको छ । वाइल्डलाइफ क्राइम कन्ट्रोल ब्यूरोको वेबसाइटले उनको नाम अपराधीको सूचीमा चढाएको हो । उनको नाम ३९ औं अपराधीको रुपमा दर्ता गरिएको छ । यो सूचीमा ती अपराधीको नाम राखिएको छ जो बाघसमेत अन्य संरक्षित जनावरको शिकार, तस्करी वा त्यससँग जोडिएका अन्य अपराधमा संलग्न पाइएका छन् । स्मरण रहोस्, राजस्थानको जोधपुर अदालतद्वारा कालो हरिण शिकार मामलामा सलमानलाई गत अप्रिल ५ तारिखमा पाँच वर्षको सजायँ सुनाइएको थियो । यद्यपी, त्यसको दुई दिनपछि उनले जमानत पाएका थिए ।
१५ अपराधी बाघसँग जोडिएका, हरिण शिकारमा सलमान एक्लाः
ब्यूरोको वेबसाइटमा सबैभन्दा धेरै १५ अपराधी बाघको मामलासँग जोडिएका छन् । यी अपराधी महाराष्ट्र, उत्तराखण्ड, उत्तर प्रदेशबाट छन् । त्यसपछि पेन्गोलिनको शिकारसँग जोडिएका ६ अपराधीको नाम सूचीमा छ, उनीहरु पश्चिम बंगालका हुन् ।
सलमान एक मात्र त्यस्ता अपराधी हुन् जो हरिण शिकारसँग जोडिएका छन् । सूचीमा केरल, दिल्ली, हरियाणाका अपराधी पनि समावेश छन् ।
सजायँ सुनाएपछि सूची अपडेट गर्नका लागि मगाइयो सलमानको फोटोः
भारतीय समाचार माध्यमका अनुसार ब्यूरोका निर्देशक तिलोत्तमा वर्माले जोधपुर अदालतबाट सलमानलाई सजायँ सुनाएपछि अदालतसँग निर्णयको एक कपी र उनको फोटो मगाएकी थिइन् । यसको उद्देश्य सलमानको नाम ब्यूरोको वेबसाइटमा वन्यजीवनसँग जोडिएका अपराधीको सूचीमा समावेश गर्नु थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण