श्रीदेवीलाई उत्कृष्ट नायिकाको राष्ट्रिय फिल्म पुरस्कार
भारतकी दिवंगत अभिनेत्री श्रीदेवीलाई ‘मम’ फिल्मका लागि उत्कृष्ट नायिकाको उपाधी प्रदान गरिएको छ ।
उत्कृष्ट र जीवन्त अभिनयका लागि श्रीदेवीले उत्कृष्ट नायिकाको राष्ट्रिय फिल्म पुरस्कार पाएकी हुन् । स्मरण रहोस्, दुई महिना अघि दुबईमा श्रीदेवीको मृत्यु भएको थियो ।
यस्तै, ‘न्यूटन’ ले उत्कृष्ट हिन्दी फिल्मको उपाधी हात पारेको छ । साथै, फिल्ममा शानदार अभिनयका लागि नायक पंकज त्रिपाठीले स्पेशल अवार्ड पाएका छन् ।
यसका साथै, बाहुबली टु ले उत्कृष्ट एक्सन निर्देशन र उत्कृष्ट स्पेशल इफेक्ट मुभीको उपाधी पाएको छ । उत्कृष्ट इडिटिङको उपाधी असम भाषाको फिल्म ‘भिलेज रकस्टार’ ले पाएको छ ।
राष्ट्रिय फिल्म पुरस्कार कमिटीका चेयरम्यान शेखर कपूरले भारतको विभिन्न भाषाको फिल्मका लागि अवार्ड घोषणा गरे ।
उत्कृष्ट कोरियोग्राफीको अवार्ड ‘टोइलेट–एक प्रेम कथा’ ले पाएको छ । यसमा गोरी तू लट्ठ मार गितले कोरियोग्राफीको लागि यो अवार्ड पाएको हो । यसको कोरियोग्राफी गणेश आचार्यले गरेका थिए ।
उत्कृष्ट ब्याकग्राउन्ड म्यूजिक अवार्ड श्रीदेवी स्टारर ‘मम’ ले पाएको छ । मणि रत्नमको कत्रु भेलिइदाइका लागि एआर रहमानले बेस्ट म्यूजिक डाइरेक्टरको अवार्ड दिइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण