नाटक 'समयको पीडा'को मञ्चन सुरु
काठमाडौँ । नाटक 'समयको पीडा’को मञ्चन सुरु भएको छ । सुन्दर धितालको परिकल्पना तथा निर्देशनमा नाटक बुधबारबाट रातोपुलस्थित ओजस थिएटर एण्ड फिल्म स्टुडियोमा मञ्चन सुरु भएको हो ।
कलाशी प्रोडक्शन हाउस प्रा.लीको प्रस्तुतिमा रहेको नाटक साहित्यकार पद्यावती सिंहको कथा ‘समयको पीडा’ को नाट्य रूपान्तरण रहेको निर्देशक सुन्दर धितालले बताए ।
नाटकमा रोजगारी लागि नेपालबाट विदेशिएका नेपालीहरु नफर्केपछि एक्लिएका बा-आमाको पीडालाई नाटकमा समावेश गरिएको छ । समय जति बित्यो उमेर बढ्दै जान्छ । उमेरसँगै आफ्नो सन्तती पनि घट्ने रहेछन् । यो साँच्चै नै समाजको मात्र होइन सिङ्गो देशमा समयको पीडा हो भन्ने सन्देश नाटकमा रहेको छ ।
नाटक विद्यालय बुकिङ शोका रूपमा अगाडि बढाउने तयारी समेत छ । पाठ्यक्रममा आधारित कथा वस्तुमा समावेश नाटक भएकाले यसलाई विद्यार्थी केन्द्रित गरिन लागिएको हो ।
नाटकमा विशाल देवकोटा (रामनाथ), संगीता थापा (आनन्दी), अर्जुन दुलाल (जेठो छोरो), अन्जसा रिजाल (बुहारी), उन्नत उप्रेती (कान्छो छोरो), सगुन पोखरेल (छोरी), रोहित श्रेष्ठ (ज्वाइँ), पुणर् गन्धर्व (साथी), नवीन प्याकुरेल (सेवक), कपिल दिप काफ्ले (पसले) र विपिन जैसवाल डाक्टर पात्रको भूमिकामा छन् ।
नाटककाे कथा कक्षा नौको अनिवार्य नेपाली विषयमा समावेश रहेको ’समय पीडा’ को रुपान्तरण रूप हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण