शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

काराबाओ कपको फाइनलमा लिभरपुल र चेल्सीको भिडन्त पक्का

बिहीबार, ११ माघ २०८०, ०७ : ०५
बिहीबार, ११ माघ २०८०

लन्डन । काराबाओ कपको फाइनलमा लिभरपुल र चेल्सी भिड्ने पक्का भएको छ । बुधबार राति लिभरपुलले फुलहमलाई १–१ को बराबरीमा रोक्दै समग्रमा ३–२ को जीत हासिल गरेको हो । 

पहिलो लेगमा २–१ को अग्रता लिएर काराभान कटेज आएको लिभरपुलका लागि लुइस डियाजले ११ औँ मिनेटमा पहिलो गोल गरेका थिए । तर, ७६ औँ मिनेटमा इसा डियोपले बराबरी गोल फर्काए । 

फुलहमले थप गोल गरेको भए खेल अतिरिक्त समयमा पुग्ने थियो तर त्यसपछि कुनै गोल हुन सकेन । अब २५ फेब्रुअरीमा वेम्बले स्टेडियममा फाइनल खेल हुनेछ । मंगलबार मिल्डसब्रोलाई ६–१ गोलले हराउँदै चेल्सी फाइनलमा पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप