काराबाओ कपको फाइनलमा लिभरपुल र चेल्सीको भिडन्त पक्का
बिहीबार, ११ माघ २०८०, ०७ : ०५
लन्डन । काराबाओ कपको फाइनलमा लिभरपुल र चेल्सी भिड्ने पक्का भएको छ । बुधबार राति लिभरपुलले फुलहमलाई १–१ को बराबरीमा रोक्दै समग्रमा ३–२ को जीत हासिल गरेको हो ।
पहिलो लेगमा २–१ को अग्रता लिएर काराभान कटेज आएको लिभरपुलका लागि लुइस डियाजले ११ औँ मिनेटमा पहिलो गोल गरेका थिए । तर, ७६ औँ मिनेटमा इसा डियोपले बराबरी गोल फर्काए ।
फुलहमले थप गोल गरेको भए खेल अतिरिक्त समयमा पुग्ने थियो तर त्यसपछि कुनै गोल हुन सकेन । अब २५ फेब्रुअरीमा वेम्बले स्टेडियममा फाइनल खेल हुनेछ । मंगलबार मिल्डसब्रोलाई ६–१ गोलले हराउँदै चेल्सी फाइनलमा पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण