स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा बसौला बर्खास्त
मङ्गलबार, १६ माघ २०८०, १६ : १३
काठमाडौँ । सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलालाई बर्खास्त गर्ने निर्णय गरेको छ । गत माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई हटाउने निर्णय गरेको हो ।
बसौलालाई हटाउने निर्णय पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
‘बीमाको कार्यक्रम जुन गतिमा लैजानु पर्ने हो, सो गतिमा लैजान नसकेको र बीमाका विभिन्न प्रदायकको गुनासो सम्बोधन गर्न नसेकाले उहाँलाई बर्खास्त गर्ने निर्णय गरिएको पत्रमा उल्लेख छ,’ उनले भने ।
तीन वर्षअघि बसौलालाई बोर्डमा कार्यकारी निर्देशकका रुपमा नियुक्ति गरिएको थियो । तर बसौलाले आफूलाई बर्खास्त गर्ने निर्णयबारे जानकारी नभएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण