सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष १० समाचार
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष १० समाचार

मङ्गलबार, १६ माघ २०८०

आज २०८० माघ १६ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • सहिद दिवस

हामीकहाँ सहिद दिवस मनाउने प्रचलन जेलबाट सुरु भएको थियो । राणाशासनका विरुद्ध आवाज उठाएर वा गतिविधि गरेर जेलमा परेकाहरूले जेलमै सहिद दिवस मनाउँदै आएका थिए । राणाशासकले १९९७ सालको माघ १० गतेदेखि १५ गतेभित्र चार सहिद (शुक्रराज, धर्मभक्त, दशरथचन्द र गंगालाल)लाई फाँसी दिएका थिए । यस घटनाको एक वर्ष वा केही वर्षपछि जेलजीवन बिताइरहेका प्रजातन्त्रवादीले सहिदको स्मरण गर्न थालेका हुन् । 

फराकिलो, चिल्लो, चिप्लिएर लडिएलाजस्तो सडकको बिचमा एउटा सालिक छ– शासकको सालिक । ऊ जिउँदो छँदा त्यो सडक उसैको बिर्ताजस्तो थियो । बन्दुकधारीहरूको लावालस्करबिच जब उसको सवारी चल्थ्यो, सडकका कणकण र वायुमण्डलका एकएक तरङ्ग भयले कम्पित हुन्थे ।

  • रुग्ण उद्योग सञ्चालन

सरकारले वर्षौँदेखि रुग्ण अवस्थामा रहेका सरकारी उद्योग सञ्चालनका लागि चासो देखाएको छ । वर्षौंदेखि रुग्ण अवस्थामा रहेका उद्योग चलाउन प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीले समेत चासो देखाएका हुन् । सरकारको स्वामित्वमा रहेका तर बन्द अवस्थाका विभिन्न ७ वटा उद्योग सञ्चालनका लागि सरकारीस्तरबाट पहल भइरहेको हो ।

  • एन्फा उपाध्यक्ष लामा फरार अपराधी

अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा फरार अपराधी रहेको खुलासा भएको छ । उपाध्यक्ष लामा लागु औषध खैरो हिरोइनको कारोबारमा अदालतबाट दोषी रहेको र सजाय भुक्तान नगरी फरार रहेको पाइएको हो ।

  • हेटौँडा कपडा उद्योग चलाउने तयारी

नेपाली सेनाले हाल बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालनको तयारी थालेको छ । २३ वर्षअघि बन्द भएको २३६ रोपनी क्षेत्रफलमा फैलिएको यो उद्योग ४८ वर्षअघि स्थापना भएको थियो । तर, राजनीतिक, कमजोर प्रशासनिक र फितलो व्यवस्थापनको सिकार बनेको उद्योग पुनः सञ्चालनको आशा पलाएको हो ।

  • निर्माण कम्पनी कालो सूचीमा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन बमोजिम काम नगर्ने चार दर्जन कम्पनीलाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको माघ १५ गतेभित्र तीन पटक गरी कार्यालयले  ४८ वटा निर्माण कम्पनी तथा फर्मलाई कालो सूचीमा राखेको हो ।

  • बाँदर रोक्न रुख काट्न लगाउने वडाध्यक्ष

बाँदर नियन्त्रणका लागि रुख काट्न सूचना जारी गर्ने पोखरा महानगरपालिकाका वडाध्यक्ष पुष्पेन्द्र पाण्डेको पत्रबारे राष्ट्रिय सभा अन्तर्गत रहेको दिगो विकास तथा सुशासन समितिमा कुरा उठेको छ । मंगलबार बसेको समितिको बैठकमा ‘राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र र मध्यवर्ती क्षेत्रको विद्यमान अवस्था समस्या र समाधानका उपाय’बारे विभिन्न सरोकारवाला पक्षसँग भएको छलफलमा रुख काटेर बाँदर नियन्त्रण गर्न नसकिनेमा जोड दिइएको हो ।

  • बजेट निर्माण प्रक्रिया

सरकारले माघको तेस्रो सातादेखि नै आगामी आर्थिक वर्ष (२०८१/०८२) को बजेट निर्माण प्रक्रिया अघि बढाएको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया सुरु गर्दै स्रोत व्यवस्थापन समितिको बैठक आयोजना गरेको हो ।

  • भुसाल थप ३ महिनाका लागि त्रिविको उपकुलपति

सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा थप तीन महिनाका लागि प्राडा. शिवलाल भुसाललाई नियुक्त गरेको छ । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थप तीन महिना विश्वविद्यालयको जिम्मेवारी दिनेगरी उपकुलपतिमा नियुक्त गरेका हुन् । 

  • मन्त्री फेरिने चर्चा

  • बेलायती सेना प्रमुखको काठमाडौँमा दौडधुप

हामीकहाँ सहिद दिवस मनाउने प्रचलन जेलबाट सुरु भएको थियो । राणाशासनका विरुद्ध आवाज उठाएर वा गतिविधि गरेर जेलमा परेकाहरूले जेलमै सहिद दिवस मनाउँदै आएका थिए । राणाशासकले १९९७ सालको माघ १० गतेदेखि १५ गतेभित्र चार सहिद (शुक्रराज, धर्मभक्त, दशरथचन्द र गंगालाल)लाई फाँसी दिएका थिए । यस घटनाको एक वर्ष वा केही वर्षपछि जेलजीवन बिताइरहेका प्रजातन्त्रवादीले सहिदको स्मरण गर्न थालेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया