यू–१९ विश्वकप
बंगलादेशविरुद्ध नेपालले १० ओभरमा तीन विकेट गुमाएर ३५ रन बनायो
बुधबार, १७ माघ २०८०, १४ : ४९
काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा बुधबार नेपालले बंगलादेशविरुद्ध १० ओभरमा तीन विकेट गुमाएर ३५ रन बनाएको छ ।
नेपालका लागि विशालबिक्रम केसी अविजित तीन रन र देव खनाल एक रन बनाउँदै क्रिजमा छन् । त्यसअघि नेपालले पहिलो विकेटका रुपमा ओपनर बिपिन रावललाई गुमाएको थियो । उनी दुई रन बनाउँदै आउट भएका थिए ।
दोस्रो विकेटका रुपमा नेपालले आकाश त्रिपाठीलाई गुमाएको थियो । उनी तीन रन बनाउँदै आउट भएका थिए । नेपालले तेस्रो विकेटका रुपमा ओपनर अर्जुन कुमाललाई १४ रनको ब्यक्तिगत स्कोरमा गुमाएको थियो ।
नेपालले पहिलो विकेट गुमाउँदा १८, दोस्रो विकेट गुमाउँदा २८ र तेस्रो विकेट गुमाउँदा २९ रन बनाएको थियो । पहिले ब्याटिङ गर्ने भएको छ । नेपालले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण