टेलर स्वीफ्टले रचिन् नयाँ इतिहास
सोमबार, २२ माघ २०८०, १२ : ४६
लस एन्जलिस । यो वर्षको ग्रामी अवार्डमा टेलर स्वीफ्टले नयाँ इतिहास रचेकी छन् । उनी वर्षको उत्कृष्ट एल्बम चारपटक जित्ने पहिलो कलाकार बनेकी हुन् ।

यसअघि स्टीभी वान्डर, पल सिमन र फ्रांक सिन्ट्रासहित स्वीफ्ट तीनवटा उत्कृष्ट एल्बम विजेताको सूचीमा थिइन् । उनलाई सिलिन डियोनले अवार्ड हस्तान्तरण गरेकी थिइन् । सो अवसरमा स्वीफ्टले आफ्नो नयाँ एल्बमको पनि घोषणा गरेकी थिइन् ।

माइली साइरस र बिली आइलिसले अन्य शीर्ष अवार्ड हात पारे । यस्तो छ मुख्य विजेताहरूको सूची :
- एल्बम अफ द ईयर – टेलर स्वीफ्ट, मिडनाइट्स
- रेकर्ड अफ द ईयर – माइली साइरस, फ्लवर्स
- सङ अफ द ईयर – बिली आइलिस, ह्वाट वाज आई मेड फर
- बेस्ट न्यू आर्टिस्ट – भिक्टोरिया मोनेट
- बेस्ट पप सोलो पर्फमेन्स – माइली साइरस, फ्वावर्स
- बेस्ट पप डुओ/ग्रुप पर्फमेन्स – एसजीए फिचरिङ फोबी ब्रिजर्स, घोस्ट इन द मेसिन
- बेस्ट पप भोकल एल्मब – टेलर स्वीफ्ट, मिडनाइट्स
- बेस्ट आरएन्डबी सङ – एसजीए स्नुज
- बेस्ट आरएन्डबी पर्फमेन्स – कोको जोन्स, आईसीयू
- बेस्ट आरएन्डबी एल्बम – भिक्टोरिया मोनेट, ज्यागुअर टू
- बेस्ट र्याप सङ – किलर माइक फिचरिङ आन्द्रे ३०००, फ्युचर एन्ड अर्लिन एलन केन, साइन्टिस्ट एन्ड इन्जिनियर्स
- बेस्ट र्याप पर्फमेन्स – किलर माइक फिचरिङ आन्द्रे ३०००, फ्युचर एन्ड अर्लिन एलन केन, साइन्टिस्ट एन्ड इन्जिनियर्स
- बेस्ट र्याप एल्बम – किलर माइक, माइकल
- बेस्ट डान्स/इलेक्ट्रोनिक एल्बम – एक्चुअल लाइफ ३
- बेस्ट रक पर्फमेन्स – ब्वाइजिनियस, नट स्ट्रङ इनफ
- बेस्ट रक सङ – ब्वाइजिनियस, नट स्ट्रङ इनफ
- बेस्ट रक एल्मब – पारामोर, थिस इज ह्वाई
- बेस्ट अल्टरनेटिभ एल्बम – ब्वाइजिनियस, द रेकर्ड
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण