होटल स्क्वायरका प्रबन्ध निर्देशक रोमी अर्याल पक्राउ
काठमाडौँ । ललितपुरको होटल स्क्वायरका प्रबन्ध निर्देशक रोमी अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए ।
होटलकी अर्की सञ्चालिका ललिता भण्डारी देवकोटाले माघ ७ मा प्रहरीमा आत्मसमर्पण गरेकी थिइन् । अदालतको आदेश अनुसार ललिता अहिले ‘तारेख’मा छिन् । उनीहरू विरुद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी भएको थियो ।
ललितपुर महानगरपालिका वडा नम्बर–३ मा सञ्चालित होटल स्क्वायरको स्विमिङ पुलमा पौडी खेल्दा मानभवनका सजिलमान शाक्य गम्भीर घाइते भएका थिए । भदौ १४ मा घाइते भएका उनी अहिले पनि अचेत अवस्थामा छन् ।
होटलका संचालहरु विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । भदौ १४ मा दिउँसो ३ बजेर ३० मिनेटमा स्विमिङ पुलमा करेन्ट फैलिएर ४१ वर्षीय सजिलमान घाइते भएको उनकी बहिनी सुस्मिता शाक्यले रातोपाटीलाई बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण