सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : अरुणको रिहाइदेखि गिरीबन्धुको फैसलासम्म

बुधबार, २४ माघ २०८०, १९ : ३९
बुधबार, २४ माघ २०८०

कठमाडौँ । आज २०८० माघ २४ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • पाण्डेयले लिए शपथ

संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधवार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबाट महासचिव पाण्डेयले शपथ लिएका हुन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले  पाण्डेयलाई संघीय संसदको महासचिवमा पदमा नियुक्त गरेका  थिए । 

  • ईपीएस भाषा परीक्षा

कोरियन भाषा परीक्षाको मिति तय हुन अझै केहि दिन लाग्ने भएको छ। वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले ईपीएस भाषा परीक्षाको मिति तय हुन अझै समय लाग्ने जनाएको हो। उत्पादनमूलक क्षेत्र (Manufacturing Sector) तर्फको कोरियन भाषा परीक्षाबारे माघ २२ गते सूचना प्रकाशित गर्ने तय भएको थियो । तर, प्राविधिक कारणले परीक्षाबारे विस्तृत विवरण सार्वजनिक गर्न कहि समय लाग्ने जनाएको हो । 

  • अरुण चौधरी रिहा

 बाँसबारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी रिहा भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार बुधबार चौधरीसहित अन्य दुई जनालाई पनि रिहा गरेको हो । सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्न सीआईबीलाई आदेश दिएको थियो ।

  • चन्दको राजीनामा प्रकरण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत डीआईजी अर्जुन चन्दले राजीनामा बुझाएको कुरा माघ २० मा बाहिरियो । राजीनामा बुझाएको कुरा बाहिरिएपछि उनका ब्याचमेटहरु नै छक्क परे । चन्दले उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा राजीनामा बुझाएका हुन् । 

  • सर्वोच्च प्रशासनको सूचना

र्वोच्च अदालत प्रशासनबाट माघ २३ गते साँझ एक विज्ञप्ति जारी भयो । सरकारले घोषणा गरेको जनयुद्ध दिवसको दिनमा दिइएको बिदा उत्प्रेषणको आदेशबाट बदर भएको भन्दै सर्वोच्च प्रशासनबाट जारी सूचना सर्वोच्च अदालतको वेबसाइटमै राखियो ।

  • कांग्रेस महासमिति

आगामी फागुन ७–१० मा हुने कांग्रेसको महासमिति बैठकको तीव्र तयारी चलिरहेको छ । ०७८ मङ्सिरमा सम्पन्न पार्टीको १४ औँ महाधिवेशनपछि कांग्रेसले पहिलो पटक महासमिति बैठक गर्न लागेको हो । 

  • सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित भएको छ ।  बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सो विधेयक पारित गरियोस् भनी सभामा प्रस्तुत गरेका थिए ।

  • गिरीबन्धु टी स्टेट

गिरीबन्धु टी स्टेटको हदबन्दीभन्दा बढी रहेको जग्गा अन्यत्र सट्टापट्टा गर्ने गरी मन्त्रिपरिषदबाट दिइएको स्वीकृति सर्वोच्च अदालतले बदर गरिदिएको छ । बुधवारको संवैधानिक इजलासले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को निर्णय बदर गरिदिएको हो ।  प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासले अधिवक्ता ओमप्रकाश अर्याल लगायतबाट दायर रिटकै पक्षमा फैसला सुनाएको हो ।

  • अपराधमा हाइप्रोफाइल

पछिल्लो पटक विभिन्न प्रकरणमा ठूलाबडा भनिएका राजनीतिज्ञ, प्रशासक, व्यापारी र धर्मगुरु पक्राउ परिरहेका छन् । नक्कली भुटानी शरणार्थीदेखि बाँसबारी जग्गा प्रकरणसम्म आइपुग्दा १० महिनाको अवधिमा २४ जना ‘हाइप्र्रोफाइल’ पक्राउ गरेका छन् भने यो सिलसिला अझै चलिरहने देखिएको छ ।

  • माओवादीको १७ वर्षे सत्ता यात्रा

१० वर्षे जनयुद्ध त्यागेर तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएको १७ वर्ष पूरा भइसकेको छ । २०६३ साल असार २ गते प्रधानमन्त्री निवास बालुवाटारबाट सार्वजनिक भएका तत्कालीन विद्रोही नेता प्रचण्ड अहिले तेस्रोपटक प्रधानमन्त्रीको हैसियतमा बालुवाटारमै बसिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप