महँगिने भयो चकलेट, कोकोआको मूल्य अहिलेसम्मकै धेरै
काठमाडौँ । चकलेटको मुख्य इन्ग्रिडियन्ट हो कोकोआ । तर हालैका वर्षमा यही कोकोओको भाउ निरन्तर बढेर नयाँ नयाँ उचाइ छोइरहेको छ । पश्चिम अफ्रिकामा सुख्खाका कारण कोकोआको उत्पादन प्रभावित भइरहेको छ । आपूर्ति सीमित हुन थालेपछि कोकोआको भाउ आकासिरहेको छ ।
न्यूयोर्कको कमोडिटिज बजारमा बिहीबार कोकोआको मूल्य प्रति टन ५ हजार ८७४ डलरमा उक्लिएको थियो । गएको वर्षको शुरुयता यसको भाउ दोब्बर बनेको छ । मूल्य आकासिँदै जाँदा उपभोक्ताहरू प्रभावित भइरहेका छन् भने मुख्य चकलेट निर्माता पनि चपेटामा परेका छन् । बिहीबार मात्रै विश्वको सबैभन्दा ठूलो चकलेट निर्माता कम्पनी हर्शेले ऐतिहासिक स्तरमा उक्लिएको कोकोआको मूल्यका कारण यो वर्ष कम्पनीको कमाई खुम्चिने बताएको थियो ।
विश्वभर आपूर्ति हुने अधिकांश कोकोआ पश्चिम अफ्रिकाबाट आउने गरेको छ । एल निनोका कारण यो वर्ष पनि कोकोआको उत्पादन सीमित हुने र मूल्य थप बढ्ने हो कि भन्ने चिन्ताले यतिबेला व्यापारीहरुलाई पिरोलिरहेको छ । घाना र आइभोरी कोष्ट विश्वका दुई ठूला कोकोआ बिन उत्पादक हुन् । तर एल निनोका कारण यी स्थानमा सुख्खा बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण