पाकिस्तानमा सरकार गठनको तयारी : नवाज शरीफको घरमा चहलपहल बढ्यो
इस्लामाबाद । पाकिस्तानमा इमरान खानको पार्टी तहरीक-ए-इन्साफ (पीटीआई)ले बहुमत ल्याएको दाबीका बिच अन्य दलले पनि सरकार गठनको प्रयासलाई तीब्र पारेका छन् । मुत्ताहिदा कौमी मुभमेन्ट (एमक्यूएम) को एक प्रतिनिधिमण्डलले पाकिस्तान मुस्लिम लिग-एनका नेता तथा पूर्व प्रधानमन्त्री नवाज शरीफसँग भेट गरेको छ ।
पाकिस्तान मुस्लिम लिग-एनका प्रवक्ता र पूर्व मन्त्री मरियम औरंगजेबले एमक्यूएम नेताहरूले नवाज शरीफलाई भेट्नेबारे । एमक्यूएम प्रतिनिधिमण्डलको नेतृत्व डा खालिद मकबुल सिद्दीकीले गरिरहेका छन् । उनीसँगै सिन्धका गभर्नर कामरान टेसुरी र अन्य नेताहरु पनि छन् ।
बैठकमा नवाज शरीफका अलावा मरियम नवाज र पूर्व प्रधानमन्त्री शाहबाज शरीफ पनि सहभागी हुनेछन् । बीबीसी उर्दूका अनुसार बैठकमा नयाँ सरकार गठन, भावी राजनीतिक रणनीतिको तयारी र अन्य धेरै महत्वपूर्ण विषयमा छलफल हुनेछ । पाकिस्तानको राष्ट्रिय सभाका लागि हालसम्म सम्पन्न निर्वाचनको नतिजामा मुस्लिम लिग–एन दोस्रो ठूलो दल बनेको छ । उसले ७५ सिट र एमक्यूएमले १७ सिट जितेको छ । पहिलो नम्बरमा पीटीआई समर्थित स्वतन्त्र उम्मेदवार छन्, जसले ९३ सिट जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण