पाकिस्तानमा सरकार गठनको तयारी : नवाज शरीफको घरमा चहलपहल बढ्यो

इस्लामाबाद । पाकिस्तानमा इमरान खानको पार्टी तहरीक-ए-इन्साफ (पीटीआई)ले बहुमत ल्याएको दाबीका बिच अन्य दलले पनि सरकार गठनको प्रयासलाई तीब्र पारेका छन् । मुत्ताहिदा कौमी मुभमेन्ट (एमक्यूएम) को एक प्रतिनिधिमण्डलले पाकिस्तान मुस्लिम लिग-एनका नेता तथा पूर्व प्रधानमन्त्री नवाज शरीफसँग भेट गरेको छ ।
पाकिस्तान मुस्लिम लिग-एनका प्रवक्ता र पूर्व मन्त्री मरियम औरंगजेबले एमक्यूएम नेताहरूले नवाज शरीफलाई भेट्नेबारे । एमक्यूएम प्रतिनिधिमण्डलको नेतृत्व डा खालिद मकबुल सिद्दीकीले गरिरहेका छन् । उनीसँगै सिन्धका गभर्नर कामरान टेसुरी र अन्य नेताहरु पनि छन् ।
बैठकमा नवाज शरीफका अलावा मरियम नवाज र पूर्व प्रधानमन्त्री शाहबाज शरीफ पनि सहभागी हुनेछन् । बीबीसी उर्दूका अनुसार बैठकमा नयाँ सरकार गठन, भावी राजनीतिक रणनीतिको तयारी र अन्य धेरै महत्वपूर्ण विषयमा छलफल हुनेछ । पाकिस्तानको राष्ट्रिय सभाका लागि हालसम्म सम्पन्न निर्वाचनको नतिजामा मुस्लिम लिग–एन दोस्रो ठूलो दल बनेको छ । उसले ७५ सिट र एमक्यूएमले १७ सिट जितेको छ । पहिलो नम्बरमा पीटीआई समर्थित स्वतन्त्र उम्मेदवार छन्, जसले ९३ सिट जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक ३ : १५ बजे बस्ने गरी सूचना टाँसेर स्थगित
-
झापाबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह (तस्बिरसहित)
-
बेनी–जोमसोम–कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति
-
हिमालयन बैंकको ‘ठमेल शाखा’ सञ्चालनमा
-
नेताहरूको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक: देउवा
-
४३ कम्पनीलाई पाँच अर्ब बढी राजस्व छुट : सूचीमा सिनो हाइड्रो, कोकनदेखि पतञ्जलीसम्म