गण्डकीका ८ पालिकाले मनाए जनयुद्ध दिवस
पोखरा । गण्डकी प्रदेशका ८ वटा गाउँपालिकाले जनयुद्ध दिवस मनाएका छन् । उनीहरुले आज सार्वजनिक बिदा नै दिएका छन् । माओवादीबाट निर्वाचित पालिका नेतृत्व भएका ठाउँमा बिदा घोषणा गरिएको हो ।
गोरखाको गण्डकी गाउँपालिका, सहिद लखन, भीमसेनथापा, बारपाक सुलिकोट, अजिरकोट, धार्चे, तनहुँको आँबुखैरेनी, बागलुङको ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको ४ नम्बर वडाले पनि बिदा दिएको छ ।
तत्कालीन विद्रोही माओवादीले सशस्त्र सङ्घर्ष गरेको र त्यसैबाट हालको उपलब्धि प्राप्त भएको भन्दै अघिल्लो वर्ष फागुन १ मा सार्वजनिक बिदा दिएर दिवस मनाइएको थियो । तर अहिले सर्वोच्च अदालतले सार्वजनिक बिदा दिन नमिल्ने भन्दै अङ्कुश लगायो ।
तैपनि गण्डकीका माओवादीबाट निर्वाचित नेतृत्व भएका पालिकाहरूले आँफुखुसी बिदा दिए । गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना उपलब्धि रक्षा गर्नुपर्नेमा जनयुद्धप्रति नै विभाजित मानसिकता आएको बताए ।
‘समग्रमा उपलब्धि रक्षा गर्ने सन्दर्भमा जुन विभाजित मनोविज्ञान देखिएको छ । यसले समग्र नेपाल र परिवर्तनकारी जनतालाई असर पर्न सक्ने स्थिति हुन्छ,’ उनले भने, ‘जनयुद्ध एउटा सत्यको बाटो, न्यायको बाटो, परिवर्तनको बाटो हो । यसलाई हामी सधैँ पछ्याइरहन्छौ ।’
माओवादीको नेतृत्व नभएका ठाउँमा भने बिदा छैन । कास्की सहित स्याङजा, पर्वत, म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङमा र नवलपुरमा बिदा दिइएको छैन । सर्वोच्च अदालतले दिवस मनाउन रोकेपनि माओवादी निकट विभिन्न संघ संस्थाहरूले सबै जिल्लामा विशेष कार्यक्रम गरेर दिवस मनाउँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण