आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

स्क्रिप्टका कारण अड्कियो अक्षयको ‘साइको’

बुधबार, ०२ फागुन २०८०, ०९ : २४
बुधबार, ०२ फागुन २०८०

मुम्बई । गत वर्ष निर्देशक मोहित सुरीले आफूले अक्षय कुमारसँग एक्सन थ्रिलर फिल्ममा काम गर्न लागेको बताएका थिए । यो फिल्मको निर्माण रोहित शेट्टीले गर्ने कुरा निश्चित थियो ।

मनोवैज्ञानिक एक्सन थ्रिलर फिल्म ‘साइको’का लागि उनीहरू सहकार्य गर्ने अन्तिम तयारी भइरहेको थियो । गत जनवरीबाट फिल्म सुटिङमा जाने कुरा भए पनि अहिलेसम्म जान सकेको छैन । अब भने यो फिल्मलाई निर्माताले ‘होल्ड’मा राखेका छन् ।

समाचारअनुसार अक्षय, मोहित र रोहित स्क्रिप्ट र कथाको ‘ट्रिटमेन्ट’लाई लिएर एकमत हुन सकेका छैनन् । ‘मोहित र अक्षय फिल्म एक निश्चित शैलीमा बनोस् भन्ने चाहन्छन्, तर रोहित भने केही व्यावसायिक बनोस् भन्ने ठान्छन् । स्क्रिप्ट सन्तुलित बनाए पनि रोहित त्यसमा सहमत हुन सकेनन् । अन्ततः सहमति नहुँदा फिल्मको काम केही समयका लागि रोकिएको छ’, स्रोतले भनेको छ ।

अक्षय र मोहित सन् २०१८ देखि नै टिम बनाएर काम गर्ने प्रयासमा छन् । तर पनि फिल्म निर्माणमा सहमति बन्न सकेको छैन ।

अक्षय अब साजिद नाडियाडवालाका लागि ‘हाउसफूल ५’ सुरु गर्दैछन् । यही बिचमा उनी केसी शंकरनको बायोपिक र ‘खेल खेल’को काम पनि सकाउने ध्याउन्नमा छन् । अक्षय र टाइगर श्रौफको फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा रिलिजको तयारीमा छ ।

(बलिउड हङ्गामा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप