च्याम्पियन्स लिग : मिलानद्वारा एट्लेटिको पराजित, डर्टमण्ड रोकियो

म्यानचेस्टर । च्याम्पिन्यस लिगको अन्तिम १६ अन्तरगतको खेलको पहिलो लेगमा इटालियन क्लब इन्टर मिलानले स्पेनिस क्लब एट्लेटिको मड्रिडमाथि झिनो अग्रता बनाउन सफल भएको छ । घरेलु मैदानमा भएको खेलमा इन्टरले १–० जीत हासिल गरेको हो ।
७९ औँ मिनेटमा सब्सिटच्युट मार्को अर्नाटोभिचले निर्णायक गोल गर्दै टोलीलाई जीत दिलाए । यसअघि उनले गोलका थुप्रै अवसर गुमाएका थिए । गत सिजनको उपविजेता टोलीका लागि लाउटारो मार्टिनेजले गरेको दुईवटा प्रयास एट्लेटिकोका गोलकिपर जान ओब्लाकले विफल बनाएका थिए । अब दोस्रो लेग मार्च १३ मा एट्लेटिकोको घरेलु मैदानमा हुनेछ ।
मंगलबार नै भएको अर्को खेलमा पीएसभी इन्डहोभनले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई बराबरीमा रोकेको छ । डर्टमण्ड १–१ गोलले बराबरीमा रोकिएको हो ।
डोनयेल मालेनले डर्टमन्डलाई अग्रता दिलाएका थिए तर लुक डी योङले ५६ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै पीएसभीलाई बराबरीमा ल्याए । प्रतियोगितामा उनको यो नवौँ गोल थियो । योसँगै उनी रुड भान निस्टलरोयको रेकर्ड उछिन्दै च्याम्पियन्स लिगमा टोलीका लागि सर्वाधिक गोलकर्ता बनेका छन् । अब दोस्रो लेग मार्च १३ मा डर्टमण्डमा खेलिनेछ ।
*यसअघि डर्टमन्ड र पीएसभीको खेलमा अन्यथा भएकोमा सच्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुकुल ढकाल नै महामन्त्री भएको पत्र सार्वजनिक भएपछि रास्वपाले उठायो आयोगको भूमिकामाथि प्रश्न
-
इजरायल–इरान युद्ध : नेपालीको उद्धारका लागि यस्तो छ सरकारको तयारी
-
एपीएफ–थ्री स्टार विवाद दुई वर्षपछि अपिल कमिटीले सुल्झायो
-
नक्कली प्रहरी पक्राउ, अपाङ्गलाई समेत डर देखाएर असुल्थे रकम
-
एआइजी खापुङको ‘सुवास बनेर आउनु तिमी’ गीत सार्वजनिक
-
सुदूरपश्चिमका तीन क्रिकेट खेलाडी सम्मानित