चौथो टेस्टमा बुमराहलाई आराम
नयाँ दिल्ली । तीव्र गतिका बलर जसप्रित बुमराह र केएल राहुल इंग्ल्याण्डविरुद्धको ५ म्याचको टेस्ट शृङ्खलाको चौथो खेलमा भारतीय टिममा नरहने भएका छन् । बीसीसीआईले मंगलबार उनलाई टोलीबाट बाहिर राखेको हो ।
जसप्रितलाई ‘वर्कलोड म्यानेजमेन्ट’को हिस्साका रूपमा आराम दिइएको छ भने विकेटकिपर ब्याट्सम्यान केएल राहुल पूर्ण रूपमा फिट भएका छैनन्। हाल उनी एनसीएमा पुनर्वास गरिरहेका छन् ।
बोर्डले बुमराहको स्थानमा फास्ट बलर मुकेश कुमारलाई टिममा समावेश गरेको छ । उनी राँची टेस्टमा सुरुवाती–११ को हिस्सा बन्न सक्छन् ।
३० वर्षीय बुमराह इंग्ल्याण्डविरुद्धको शृङ्खलामा सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले तीन खेलमा सर्वाधिक १७ विकेट लिएका छन् । बुमराहले तीन खेलमा ८०।५ ओभर बलिङ गरेका छन् । पछिल्लो खेलमा उनले २३ ओभर बलिङ गरेका थिए ।
यस्तो छ भारतीय टोली स् रोहित शर्मा (कप्तान), यशस्वी जैसवाल, शुभमन गिल, रजत पाटीदार, सरफराज खान, ध्रुव जुरेल (विकेटकिपर), केएस भरत (विकेटकिपर), देवदत्त पडिकल, रविचन्द्रन आश्विन, रवीन्द्र जडेजा, अक्षर पटेल, वाशिंगटन सुन्दर, कुलदीप सिराज, मोहम्मद सिराज, मुकेश कुमार र आकाश दीप।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण