सितापाइला घटना
दुई बच्चासहित कोठामा मृत भेटिएकी महिलाका श्रीमान् जंगलमा मृत भेटिए
बुधबार, ०९ फागुन २०८०, १२ : १३
काठमाडौँ । राजधानीको सितापाइला घटनामा थप एक जनाको शव फेला परेको छ । श्रीमती र एक छोरी तथा अर्की बालिकासमेत कोठामै मृत फेला परेकामा श्रीमानपनि जंगलमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।
उनका अनुसार सीतापाइला (नागार्जुन) जंगलमा मृत फेला पर्नेमा सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे भन्ने काजी बिक रहेका छन् । उनी ईश्वरीको श्रीमान् भएको खुलेको छ ।
उनले श्रीमती ईश्वरी श्रेष्ठ दुई बालिकाको हत्यापछि आफूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । प्रहरीले तीन जना मृत फेला परेको घटनास्थलबाट हम्बर र चक्कु बरामद गरेको छ ।
यसअघिको समाचारमा दुई छोरी भनिएकामा शीर्षकसहित सच्याइएको छ-सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण