यसरी समातियो रणजी ट्रफी नखेल्ने श्रेयष ऐयरको बहाना
काठमाडौँ । केही समयअघि भारतीय क्रिकेट टोलीले दक्षिण अफ्रिकासँग दुई टेस्टको शृंखला खेलेको थियो । अघिल्लो वर्षको डिसेम्बरमा घरेलु टोली दक्षिण अफ्रिकाविरुद्धको खेलिएको टेस्ट शृंखलामा श्रेयष ऐयरले खासै गतिलो प्रदर्शन गर्न सकेका थिएनन् ।
उनले पहिलो टेस्टको पहिलो पालीमा ३१ र दोस्रो पालीमा ६ रनमात्र बनाउन सकेका थिए । उक्त टेस्टमा दक्षिण अफ्रिकाले भारतलाई एक पाली र ३२ रनको विशाल अन्तरले हराएको थियो । दोस्रो टेस्टमा पनि श्रेयष ऐयरको प्रदर्शन निराशाजनक थियो ।
दोस्रो टेस्टको पहिलो पालीमा शून्य रनमै पेभेलियन फर्किएका २९ वर्षीय ऐयर दोस्रो पालीमा चार रनमा अविजित रहेका थिए । यद्दपि, दोस्रो टेस्टमा भ्रमणकारी टोली भारतले दक्षिण अफ्रिकालाई सात विकेटले हराएको थियो ।
उक्त टेस्ट शृंखलामा निराशाजनक प्रदर्शन गरेपछि भारतको टिम ब्यवस्थापनले श्रेयषलाई रणजी ट्रफी खेलेर आफ्नो प्रदर्शनमा सुधार ल्याउन सुझाव दिएको थियो । श्रेयषले रणजी ट्रफीको एक खेल पनि खेलेका थिए । तर, त्यसपछि उनले रणजी ट्रफीको कुनै खेल खेलेनन् ।
रणजी ट्रफी नखेले पनि उनले इङ्ल्यान्डविरुद्धको सुरुआती दुई टेस्टमा भने सहभागिता जनाएका थिए । इङ्ल्यान्डविरुद्धको शृंखलामा पनि उनको प्रदर्शन सन्तोषजनक थिएन । त्यसपछि फेरि टिम ब्यवस्थापनले उनलाई रणजी ट्रफी खेलेर प्रदर्शनमा सुधार ल्याउन सुझाव दियो ।
इङ्ल्यान्डविरुद्धको बाँकी टेस्ट शृंखलाबाट पनि उनलाई हटाइएको थियो । श्रेयषलाई रणजी ट्रफीमा मुम्बईको तर्फबाट बडौदाविरुद्धको क्वार्टरफाइनल खेल पनि खेल्न भनिएको थियो । टिम ब्यवस्थापनले सुझाव दिए पनि उनले रणजी ट्रफी खेल्न मानेनन् ।
उनले आफू अस्वस्थ्य रहेको बताए । उनले आफ्नो कम्मर दुःखेको दाबी गरेका थिए । उनले आफू अस्वस्थ्य रहेको बताएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बेंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमीलाई श्रेयषको स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको थियो ।
उनको स्वास्थ्य परीक्षण पनि गरिएको थियो । भारतीय सञ्चार माध्यमका अनुसार, अहिले आएर राष्ट्रिय क्रिकेट एकेडेमीले श्रेयषको स्वास्थ्यमा कुनै समस्या नरहेको प्रतिवेदन सार्वजनिक गरेको छ । एकेडेमीले उनी पूर्ण रुपमा स्वस्थ्य रहेको प्रतिवेदन सार्वजनिक गरेपछि बीसीसीआईले उनलाई पुनः रणजी ट्रफी खेल्न निर्देशन दिएको छ ।
श्रेयषको स्वास्थ्य प्रतिवेदन सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पनि उनको ब्यापक आलोचना भइरहेको छ । थुप्रै समर्थकले घरेलु प्रतियोगिता नखेल्न उनले बहाना बनाएको भन्दै आलोचना गरेका छन् । समर्थकहरुले उनीमाथि घरेलु प्रतियोगिताभन्दा इन्डियन प्रिमियर लिग (आईपीएल)लाई बढी महत्व दिएको र पैसाको पछाडि दौडिएको आरोप पनि लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण