मित्रमिलन सहकारी ठगी प्रकरण : पत्रकार गिरी कारागार चलान
बिहीबार, १० फागुन २०८०, १९ : ३४
पोखरा । मित्रमिलन सहकारी ठगीको आरोप लागेका पत्रकार अर्जुन गिरी पुर्पक्षका लागि थुनामा गएका छन् । कास्की जिल्ला अदालतले बिहीबार गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
ठगी आरोपपछि पक्राउ पुर्जी जारी भएसँगै उनी फरार थिए । बुधबार आफैँ अदालत हाजिर भएका गिरीलाई बिहीबार थुनछेक बहसपछि न्यायाधीश रामचन्द्र शर्माको इजलासले थुनामा पठाउने आदेश दिएको हो ।
उनी सहकारीको लेखा समितिमा सदस्य भएर काम गरिसकेका व्यक्ति हुन् । सहकारीको रकम पत्रिका र व्यक्तिगत व्यवसायमा खर्च गरेको उनीमाथि आरोप छ । सहकारीका ३३ जनाविरुद्ध पक्राउ पुर्जी छ । कानुन व्यवसायी जनकल्याण पराजुली र पोखरा २१ का अध्यक्ष दीपक सुवेदी धरौटी बुझाएर छुटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण