मोड्रिचको गोलमा रियल विजयी
सोमबार, १४ फागुन २०८०, ०६ : ३८
स्यान्टियागो बर्नेबाउ । लुका माड्रिचले खेलको अन्त्यतिर उत्कृष्ट गोल गर्दै रियल मड्रिडलाई महत्त्वपूर्ण तीन अङ्क दिलाएका छन् । आइतबार राति सेभियाविरुद्ध खेलमा मोड्रिचको एक मात्र गोल निर्णायक बनेको हो ।
इंग्ल्याण्डका मिडफिल्डर जुड बेलिङह्याम बिना मैदानमा रियल उत्रिँदा खेल बराबरीतर्फ अग्रसर भइरहेको थियो । तर, ३८ वर्षीय क्रोएसियाका मिडफिल्डरले मैदान प्रवेश गरेको सात मिनेटपछि उत्कृष्ट गोल गर्दै रियललाई जीत दिलाए । यसअघि लुकास भाजक्वेजको गोल रद्द गरिएको थियो ।
जीतपछि रियलले ला लिगाको शीर्ष स्थानमा ८ अङ्कको अग्रता बनाएको छ । २६ खेलपछि रियलको ६५ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ५७ अङ्क रहेको छ । तेस्रो स्थानमा रहेको जिरोनाको ५६ अङ्क छ । तर, टोलीले एक खेल कम खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण