मोड्रिचको गोलमा रियल विजयी
सोमबार, १४ फागुन २०८०, ०६ : ३८

स्यान्टियागो बर्नेबाउ । लुका माड्रिचले खेलको अन्त्यतिर उत्कृष्ट गोल गर्दै रियल मड्रिडलाई महत्त्वपूर्ण तीन अङ्क दिलाएका छन् । आइतबार राति सेभियाविरुद्ध खेलमा मोड्रिचको एक मात्र गोल निर्णायक बनेको हो ।
इंग्ल्याण्डका मिडफिल्डर जुड बेलिङह्याम बिना मैदानमा रियल उत्रिँदा खेल बराबरीतर्फ अग्रसर भइरहेको थियो । तर, ३८ वर्षीय क्रोएसियाका मिडफिल्डरले मैदान प्रवेश गरेको सात मिनेटपछि उत्कृष्ट गोल गर्दै रियललाई जीत दिलाए । यसअघि लुकास भाजक्वेजको गोल रद्द गरिएको थियो ।
जीतपछि रियलले ला लिगाको शीर्ष स्थानमा ८ अङ्कको अग्रता बनाएको छ । २६ खेलपछि रियलको ६५ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ५७ अङ्क रहेको छ । तेस्रो स्थानमा रहेको जिरोनाको ५६ अङ्क छ । तर, टोलीले एक खेल कम खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साहित्यकार निहारिकालाई योगमाया राष्ट्रिय पुरस्कार २०८१ प्रदान गरिने
-
कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो लाभ ?
-
जनकपुरमा जानकी जन्मोत्सव शुरु, आजदेखि श्रीराम कथा वाचन
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्वीस फ्र्याङ्क तथा दिराम, दिनार र रियालको मूल्य ?