तेस्रो पटक बुवा बने विलियमसन
वेलिङ्टन । न्यूजिल्याण्ड क्रिकेट टोलीका कप्तान केन विलियमसन तेस्रो पटक बुवा बनेका छन् । उनकी श्रीमती सारा रहिमले छोरीलाई जन्म दिएकी हुन् ।
विलियमसनले मंगलबार राति सामाजिक सञ्जालमा छोरीको तस्बिर पोस्ट गरेका थिए । यसअघि साराले २०२२ मा छोरा र २०१९ मा छोरीलाई जन्म दिएकी थिइन् ।
आईसीसी टेस्ट वरियतामा शीर्ष स्थानमा रहेका विलियमसनले आफ्नी श्रीमती र छोरीसँगको तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘संसारमा स्वागत छ मेरी सुन्दर छोरी। तिम्रो सुरक्षित आगमन र अगाडिको रोमाञ्चक यात्राको लागि धेरै उत्साहित छु।’
३३ वर्षीय विलियम्सनले अस्ट्रेलियाविरुद्धको टी–२० सिरिजमा बिदा लिएका थिए । यस अवधिमा उनी क्रिकेटबाट ब्रेकमा रहे। उनी बिहीबारबाट सुरु हुने अस्ट्रेलियाविरुद्धको टेष्ट सिरिजबाट फर्कन सक्नेछन् ।
यसअघि भारतीय क्रिकेटर विराट कोहली फेब्रुअरी १५ मा दोस्रो पटक पिता बनेका थिए ।
विराटकी श्रीमती अनुष्का शर्माले लन्डनमा छोरा अकेलाई जन्म दिएकी हुन् । छोराको जन्मका लागि उनी क्रिकेटबाट ब्रेकमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण