आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

तेस्रो पटक बुवा बने विलियमसन

बुधबार, १६ फागुन २०८०, २० : ३७
बुधबार, १६ फागुन २०८०

वेलिङ्टन । न्यूजिल्याण्ड क्रिकेट टोलीका कप्तान केन विलियमसन तेस्रो पटक बुवा बनेका छन् । उनकी श्रीमती सारा रहिमले छोरीलाई जन्म दिएकी हुन् । 

विलियमसनले मंगलबार राति सामाजिक सञ्जालमा छोरीको तस्बिर पोस्ट गरेका थिए । यसअघि साराले २०२२ मा छोरा र २०१९ मा छोरीलाई जन्म दिएकी थिइन् ।

आईसीसी टेस्ट वरियतामा शीर्ष स्थानमा रहेका विलियमसनले आफ्नी श्रीमती र छोरीसँगको तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘संसारमा स्वागत छ मेरी सुन्दर छोरी। तिम्रो सुरक्षित आगमन र अगाडिको रोमाञ्चक यात्राको लागि धेरै उत्साहित छु।’

३३ वर्षीय विलियम्सनले अस्ट्रेलियाविरुद्धको टी–२० सिरिजमा बिदा लिएका थिए । यस अवधिमा उनी क्रिकेटबाट ब्रेकमा रहे। उनी बिहीबारबाट सुरु हुने अस्ट्रेलियाविरुद्धको टेष्ट सिरिजबाट फर्कन सक्नेछन् ।
यसअघि भारतीय क्रिकेटर विराट कोहली फेब्रुअरी १५ मा दोस्रो पटक पिता बनेका थिए ।

विराटकी श्रीमती अनुष्का शर्माले लन्डनमा छोरा अकेलाई जन्म दिएकी हुन् । छोराको जन्मका लागि उनी क्रिकेटबाट ब्रेकमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप