सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

सेफ्टी ट्याङ्करमा लुकाएर लागु औषध कारोबार, राजधानीबाट एक जना पक्राउ

बिहीबार, १७ फागुन २०८०, १५ : ५१
बिहीबार, १७ फागुन २०८०

काठमाडौँ । ढलको फोहोर सफाइमा प्रयोग  सेफ्टी  ट्याङ्करमा लुकाएर लागु औषध कारोबार गर्ने कार्यमा संलग्न एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौँको गोकर्णेश्‍वर नगरपालिका वडा नम्बर ५ जम्मुडाँडास्थित सडक किनारबाट सर्लाही ठेगाना भएका ३४ वर्षीय नविन मोक्तानलाई पक्राउ परेको हो । 

ब्युरोका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार  लागु औषध कारोबार गर्ने शंकास्पद व्यक्तिलाई पछ्याउँदै जाने क्रममा  फागुन १६ गते राति  सडक किनारमा रोकी राखेको ना ८ख २०२२ नम्वरको सेफ्टी ट्याङ्करको सिटमुनि  ४७५ बोतल लागुऔषध फेला परेको थियो ।

सो क्रममा मोक्तानसहित उक्त लागु औषध ओसारपसारमा प्रयोग गरिएको सेफ्टी ट्याङ्कर समेत बरामद गरी सो सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप