इलियाना विवाहअघि नै गर्भवति ?
मुम्बई । वलिउड नायिका इलियाना डिक्रुज यतिबेला गर्भवति भएको खबर छ । भारतीय मिडियाका अनुसार उनले पहिलो सन्तानको आशा गरिरहेकी छिन् ।
जहिले पनि लाइमलाइटमा टाढै रहन रुचाउने इलियानाले बीचमा आफ्नो प्रेमी एन्ड्रयु नीबोनसँग गुपचुप विवाह गरेको खबर पनि आएको थियो । तर, उनले सार्वजनिक रुपमा कहिले पनि यो कुरा स्वीकार गरेकी छैनन् ।
त्यस्तै, गर्भवती भएको खबर बारे पनि उनले केही बोलेकी छैनन् ।
डिसेम्बर २०१७ मा इलियानाले सामाजिक सञ्जालमा आफ्नो क्रिसमश सेलिब्रेसनको एक फोटो शेयर गरेकी थिइन् ।
उक्त फोटोको क्यापसनमा उनले एन्ड्रयुलाई प्रेमीको साटो पति भनेर सम्बोधन गरेकी थिइन् । त्यहीँबाट उनले विवाह गरेको खबर बाहिरिएको थियो ।
फोटो सेयर गरेपछि उनले एक अन्तर्वार्ता भनेकी थिइन्, ‘त्यो क्यापसन त्यही हो जुन तपाईंले पढ्नुभयो । मेरो प्रेम सम्बन्धको बारेको कुरा व्यक्तिगत हो । म यसलाई लुकाउन पनि चाहन्न, बताउन पनि चाहन्न ।’
दुवैले अस्ट्रेलियामा गुपचुप विवाह गरेको बताइन्छ ।
एन्ड्रयु नीबाने अस्ट्रेलियन फोटोग्राफर हुन् । दुवैको प्रेम सम्बन्ध कसैसँग लुकेको छैन । केही वर्ष अघि एउटा कार्यक्रममा एक अवार्ड कार्यक्रममा सँगै देखिएपछि दुवैको खुबै चर्चा भएको थियो ।
पछिल्लो चार वर्षदेखि दुवै जना एक अर्कालाई डेट गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण