‘चलचित्रमा म नग्न भएपनि मेरो पतिलाई कुनै आपत्ति छैन’
मुम्बई । ‘हेट स्टोरी २’ की नायिका सुरवीन चावलाले जनवरीमा आफ्नो विवाहको खुलासा गरेर सबैलाई चकित बनाएकी थिइन् । उनले आफ्नो पूरानो प्रेमी अक्षय ठक्करसँग इटालीमा विवाह गरेकी थिइन् ।
विवाहपछिको पहिलो अन्तर्वार्तामा आफ्नो करियर, विवाह र पतिको बारेमा कुरा गरेकी छिन् । जसमा उनले आफूले चलचित्रमा नग्न भए पनि पतिलाई कुनै आपत्ति नभएको बताएकी छिन् । सुरवीनका अनुसार उनका पति उनको सबै निर्णयको समर्थन गर्छन् ।
सुरवीनले अन्तर्वार्तामा विवाह पछि पनि उनको जीवनमा कुनै तात्विक परिवर्तन नआएको बताइन् ।
‘मेरो विवाहको कुरा सुनेर मानिसहरु यति आश्चर्यचकित किन छन् ?,’ उनले भनिन्, ‘अब ती दिन गए जब नायिकाहरु आफ्नो करियरमा सफल भएपछि मात्र विवाह गर्थे । कयौँ नायिकाले विवाह पनि सफलता हासिल गरेका छन् ।’
‘विवाह र करियर दुई फरक–फरक कुरा हुन् । यसलाई एक अर्कासँग जोड्न मिल्दैन । मानिसहरुले यो कुरा बुझ्नुपर्छ,’ उनको भनाई थियो । यदी सही व्यक्ति पाए, विवाह गरिहाल्नुपर्ने उनको जिकिर थियो ।
सुरवीनले आफ्नो सम्बन्धमा निकै उतारचढाव भोगे पनि विवाह गर्ने उनको निर्णय सबैभन्दा सही भएको बताइन् ।
‘म चलचित्रको स्क्रीप्ट अनुसार कोस्टारलाई किस गर्छु या नग्न दृश्य दिन्छु, मेरो पति यसबारे केही पनि आपत्ति जनाउँदैनन् । यो हाम्रो समझदारी हो । यदी यसमा मलाई मेरो पतिले साथ दिइरहेका छन् भने विवाह गर्न किन ढिला गर्नु ?,’ उनको भनाई थियो ।
उनले आफ्नो पति निकै बुझ्ने भएको पनि बताइन् । ‘उनले मेरो हरेक काममा समर्थन गर्छनु । यो भन्दा बढी जीवनमा के चाहियो ?,’ उनले भनिन्, ‘यदी प्रोजेक्ट राम्रो भयो भने उनले नै मलाई त्यो गर्न प्रेरित गर्छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण