सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस मन्त्रीहरूलाई देउवाले भने– पद जोगाउन प्रधानमन्त्रीको मन जित्नुस्

आइतबार, २० फागुन २०८०, १९ : ५८
आइतबार, २० फागुन २०८०

काठमाडौँ । सत्ताको प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीसँग छलफल गरेका छन् । आइतबार अपराह्न सभापति देउवाले आफ्नो निजी निवास बूढानिलकण्ठमा मन्त्रीहरूसँग छलफल गरेका हुन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा कांग्रेसबाट १० जना मन्त्री सहभागी छन् । 

पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, प्रकाश शरण महत अर्थ, एनपी साउद परराष्ट्र, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसङ्ख्या, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति, सीता गुरुङ सहरी विकास, डिगबहादुर लिम्बू युवा तथा खेलकुद र सुरेन्द्रराज आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री छन् ।  उपप्रधानमन्त्री खड्काले सरकारको नीति तथा कार्यक्रम र महासमिति बैठकपछिको अवस्थाबारे सभापति देउवासँग छलफल भएको रातोपाटीलाई बताए । 

उनका अनुसार छलफलमा नीति र कार्यक्रम र प्रिबजेट छलफलबारे अर्थमन्त्री प्रकाशशरण महतले सबै मन्त्रीलाई सँगै राखेर सभापति देउवालाई ब्रिफिङ गरेका थिए । 'सभापतिज्यूले सबै मन्त्रीलाई बोलाउनु भएको थियो । सबै जसो मन्त्री सहभागी थियौँ । अर्थमन्त्रीको ब्रिफिङ बाहेकका विषयमा छलफल भएन,' उनले भने । बैठकमा सहभागी एक मन्त्रीले भने प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्न चाहेको भन्दै त्यसका लागि तयार रहन भनेका थिए । 'मन्त्री फेर्न प्रचण्डजीले जोड गर्नु भयो । अब मेरो होइन प्रचण्डजीको मन जितेर देखाउनुस्। होइन भने पद जान्छ है,' देउवाको भनाइ उधृदत गर्दै ती मन्त्री भने । 

नेकपा एमालेले गठबन्धनमा खेल्न खोजेको भन्दै आफू गठबन्धन जोगाउन लागिपरेको देउवाको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप