मीरापछि अब शाहिदले बताए ‘बेडरुम सिक्रेट’: गरे यस्तो खुलासा
शाहिद कपुर र उनकी श्रीमती मीरा राजपुतले विभिन्न अन्तर्वार्तामा आफ्नो नीजि जीवनबारे मज्जाले कुराकानी गरिरहेको देख्न सकिन्छ । केही दिन अघि त्यस्तै भयो । अन्तर्वार्ताको क्रममा सधैं लजालु देखिने शाहिद कपुरले मीरा राजपूतको बेडरुम सिक्रेट सेयर गरेका छन् । शाहिदले दुबैको लाइफस्टाइलबारे कुराकानी गरेका थिए ।
शाहिदका अनुसार मीरासँग शाहिदभन्दा धेरै जुत्ता छन् । शाहिद भन्छन्, ‘मीरासँग यति धेरै जुत्ता छ कि उनी अब मेरो दराजमा पनि राख्न थालेकी छिन् । मेरो काम भने त्यहाँबाट भटाभट उनको जुत्ता फ्याँक्नु हो ।’ शाहिदका अनुसार मीराले धेरै पटक शाहिदको कपडा लगाएर सुत्ने गरेकी छिन् । यस्तै, यसअघि मीराले आफ्नो बेडरुम सिक्रेट साझा गरेर निकै चर्चा बटुलेकी थिइन् ।
नेहा धुपियाको टक शोमा मीरा राजपूतले आफ्नो यौन जीवनबारे चकित गरिदिने बयान दिएकी छिन् । नेहाको प्रश्नको जवाफ दिँदै मीराले भनिन्, ‘शाहिद कपूर बेडमा निकै ‘कन्ट्रोल फ्रिक’ हुन्छन् ।’ मीराको यो जवाफमा शाहिदको अनुहार रातो भएको थियो भने मीरा र नेहा भने एक अर्कालाई हेरेर हाँसिरहेका थिए । शाहिद मीराले मात्र नभई बलिउडका अन्य स्टारले पनि आफ्ना नीजि जीवनबारे मज्जाले बोलेका छन् ।
रणवीर सिंहः
रणवीर सिंहले पनि आफ्नो नीजि जीवनबारेको खुलासा करण जोहरको कार्यक्रममा नै गरेका थिए । रणवीरका लागि सेक्सबारे कुरा गर्नु कुनै नौला कुरा होइन । रणवीरले पहिले नै भनिसकेका थिए कि उनले किशोरावस्थामा नै आफ्नो भर्जिनिटी गुमाएका थिए ।
विद्या बालनः
एक अवार्ड कार्यक्रममा पुगेकी विद्याले एक प्रश्नको जवाफ दिएर सबैलाई चकित तुल्याएकी थिइन् । विद्याले स्टेजमा भनेकी थिइन्, ‘मलाई जे मनपर्छ त्यसको मजा रातमा मात्र आउँछ ।’
आलिया भट्टः
एक अन्तर्वार्तामा जब आलियालाई उनको मनपर्ने सेक्स पोजिशन के हो भनेर प्रश्न सोधियो तब उनले निकै मज्जाले आफू एक साधारण महिला भएकाले उनलाई क्लासिक र सिम्पल मेशिनरी स्टाइल मनपर्ने बताइन् ।
भूमी पेडनेकर र आयुष्मान खुरानाः
आफ्नो फिल्म शुभ मंगल सावधानको प्रोमोशनको क्रममा एक अन्तर्वार्ताका लागि पुगेका भूमी पेडनेकर र आयुष्मान खुरानाले एक अर्कालाई जिस्काउँदै जे भने त्यो भाइरल नै भयो । सेक्सबिना कति दिनसम्म बस्न सक्छौ भन्ने प्रश्नको जवाफमा आयुष्मानले घरमा बस्दा सेक्स बिना धेरै समयसम्म टिक्न नसक्ने बताए । यस्तै जिस्कँदै उनले भूमीलाई देखाउँदै भने, ‘उनी त झन् सेक्सबिना एक घण्टाभन्दा बढि बस्न सक्दिनन् ।’
सुशान्त सिंह राजपूतः
सुशान्त सिंह राजपूतले पनि आफ्नो बोल्ड बयानले चकित पारिसकेका छन् । सुशान्तले भनेका थिए, ‘जब सेक्सको कुरा आउँछ तब म बोल्ड तरिका अपनाउन रुचाउँछु ।’ साथै उनले आफूलाई मनपर्ने सेक्स पोजिशन पनि बताए ।
सोनम कपूरः
नेहा धुपियाको टक शोमा सोनमले आफ्नो यौन जीवनबारे त केही पनि बताइनन् तर आफ्ना भाइ हर्षवर्धन कपूरबारे निकै रोचक टिप्पणी भने गरिन् । उनका अनुसार महिलाको विषयमा हर्षवर्धनको रोजाइ निकै नराम्रो छ । उनी भन्छिन्, ‘मलाई लाग्छ कि सेक्सका बेला उनले प्रोटेक्शन अपनाउँछन् होला ।’
अर्जुन कपुरः
करण जोहरले आफ्नो कार्यक्रम ‘कफी विथ करण’ मा अर्जुनलाई सेक्स वा खानामध्ये एकलाई छान्नु परे के छान्छौ भन्ने प्रश्न गरे तब करणले भने ‘सेक्स’ । उक्त कार्यक्रममा अर्जुनले सेक्स प्रेमभन्दा पनि आवश्यक भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण