सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा माओवादी केन्द्रका दुई नेता एमालेमा प्रवेश

शनिबार, २६ फागुन २०८०, १६ : ११
शनिबार, २६ फागुन २०८०

गुल्मी । गुल्मीमा नेकपा माओवादी केन्द्रबाट २ जना गाउँ कमिटी अध्यक्ष एमालेमा प्रवेश गरेका छन् ।  शनिवार नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटी अध्यक्ष युवराज खरेल र चन्द्रकोट गाउँ कमिटी अध्यक्ष नवीन केसी एमालेमा प्रवेश गरेका हुन् ।

एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले उनीहरूलाई एमालेमा स्वागत गरेका छन् । लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनको कार्यक्रममा उनीहरूलाई एमाले उपाध्यक्ष  बादल सहितका केन्द्रीय नेताले एमालेमा स्वागत गरेका हुन् । एमाले प्रवेश गर्दै चन्द्रकोट गाउँ कमिटीका अध्यक्ष  केसीले कम्युनिस्ट शक्ति एक हुनुको विकल्प नरहेको बताए । त्यसैका लागि आफू एमालेमा प्रवेश गरेको उनले बताए। 

उता माओवादी केन्द्र गुल्मीका सचिव अशोक थापाले एमाले प्रवेश गरेका खरेल र केसी पछिल्लो  समय पार्टीमा निस्क्रिय रहेको रातोपाटीलाई जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप