योग र ध्यान सिक्न पाकिस्तानबाट मुसलमान टोली काठमाडौँ आउँदै
काठमाडौँ । योग तथा ध्यानप्रति आकर्षित हुँदै गएको पाकिस्तानको मुसलमान समुदायको एउटा टोली योग र ध्यानको अध्ययन र प्रशिक्षण लिन काठमाडौँ आउने भएको छ । पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले कम्तिमा १ सय जना पाकिस्तानी योग र ध्यानका लागि छिट्टै नेपाल आउने र यसले नेपालको पर्यटन प्रवद्र्धनमा मद्त पुग्ने जानकारी रातोपाटीलाई दिए ।
‘उनीहरु योग र ध्यान सिक्न, प्रयोग गर्न र सीप विकास गर्न आउने तयारीमा छन’ उनले आइतबार भने । यसअघि इस्लामावादस्थित नेपाली दूतावासले ‘विपश्यनाः तनाव व्यवस्थापन र राम्रो विश्वका लागि आन्तरिक शान्ति’ शीर्षकमा कार्यक्रम आयोजना गरी योग र ध्यानबारे प्रशिक्षित गरेको थियो ।
त्यसक्रममा राजदूत अधिकारीले तक्षशिला र तख्त–१ बही र पाकिस्तानका अन्य ठाउँहरुमा विपश्वनाका प्रमाणहरुबारे जानकारी गराए । नेपालले लामो समयदेखि परम्पराका रुपमा अभ्यास गरिरहेको योग र ध्यान सबैका लागि उपयोगी हुने उनको भनाई थियो । उनले योगा र ध्यान अराजनीतिक, अधार्मिक र मानवको जीवन उपयोगी रहेको बताए ।
विपश्यना शिक्षक खगेश्वर अर्यालले पनि विपश्यनाको महत्वबारे प्रकाश पारेका थिए । कार्यक्रममा पाकिस्तानी सरकारका अधिकृतहरु, व्यापारिक गृहका प्रमुख, मानवस्रोत विभागका व्यवस्थापक, योग शिक्षक र प्रयोगकर्ताह्ररु उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण