समाचार
सरकार र मिटरब्याज पीडितबिच ४ बुँदे सहमति
सोमबार, २८ फागुन २०८०, २१ : २२
काठमाडौँ । सरकार र मिटरब्याज पीडितबिच ४ बुँदे सहमति भएको छ । सिंहदरबारमा सोमबार अबेर सम्पन्न छलफलपछि ४ बुँदे सहमति भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयमा कार्यरत प्रतिभा रावलले रातोपाटीलाई बताइन् ।
मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समिति र सरकारका बिचमा ३ महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । ९ विषयको कार्यादेश हुनेगरी जाँचबुझ आयोग गठन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने सहमति भएको छ ।
उत्पीडित वर्गलाई राहत र क्षतिपूर्तिका लागि आगामी बजेटमा व्यवस्था गर्नेगरी अर्थ मन्त्रालयमा अनुरोध गर्ने सहमति भएको छ । सहमतिसँगै अहिले चलिरहेको आन्दोलन रोक्न पीडितहरु सहमत भएका छन् ।
सहमतिसँगै माघ १६ गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन सकिएको छ। माघ १६ गतेदेखि पीडितहरू हिँडेरै काठमाडौँ आएका थिए।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण