विराट कोहलीलाई टी–२० विश्वकप खेलाउन चाहँदैन बीसीसीआई
काठमाडौँ । आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले खेल्ने सम्भावना कम बन्दै गएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) नै कोहलीलाई टी–२० विश्वकप नखेलाउने योजनामा लागेको छ ।
आगामी टी–२० विश्वकप सन् २०२४ को जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । २० राष्ट्रको सहभागिता रहेको उक्त विश्वकपमा भारत समूह ‘ए’ मा परेको छ । भारतको समूहमा पाकिस्तान, आयरल्यान्ड, क्यानडा र अमेरिका रहेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार, आगामी विश्वकप खेलाइने रंगशालाहरुको ‘स्लो विकेट’ मा कोहलीले गतिलो प्रदर्शन गर्न नसक्ने बीसीसीआईको ठम्याई छ । त्यसैले बीसीसीआई कोहलीको स्थानमा कुनै प्रतिभाशाली युवा खेलाडीलाई स्थान दिन चाहन्छ ।
तर, बीसीसीआईले हालसम्म यस विषयमा कोहलीसँग कुनै छलफल गरेको छैन । कोहलीलाई फकाउने जिम्मा बीसीसीआईले अजित अगारकरलाई दिएको दाबी पनि समाचारमा गरिएको छ । त्यसमाथि कोहलीले सन् २०२२ को टी–२० विश्वकपपछि हालसम्म टी–२० प्रतियोगिता पनि खेलेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण