शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

विराट कोहलीलाई टी–२० विश्वकप खेलाउन चाहँदैन बीसीसीआई

मङ्गलबार, २९ फागुन २०८०, १५ : ०७
मङ्गलबार, २९ फागुन २०८०

काठमाडौँ । आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले खेल्ने सम्भावना कम बन्दै गएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) नै कोहलीलाई टी–२० विश्वकप नखेलाउने योजनामा लागेको छ ।

आगामी टी–२० विश्वकप सन् २०२४ को जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । २० राष्ट्रको सहभागिता रहेको उक्त विश्वकपमा भारत समूह ‘ए’ मा परेको छ । भारतको समूहमा पाकिस्तान, आयरल्यान्ड, क्यानडा र अमेरिका रहेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार, आगामी विश्वकप खेलाइने रंगशालाहरुको ‘स्लो विकेट’ मा कोहलीले गतिलो प्रदर्शन गर्न नसक्ने बीसीसीआईको ठम्याई छ । त्यसैले बीसीसीआई कोहलीको स्थानमा कुनै प्रतिभाशाली युवा खेलाडीलाई स्थान दिन चाहन्छ ।

तर, बीसीसीआईले हालसम्म यस विषयमा कोहलीसँग कुनै छलफल गरेको छैन । कोहलीलाई फकाउने जिम्मा बीसीसीआईले अजित अगारकरलाई दिएको दाबी पनि समाचारमा गरिएको छ । त्यसमाथि कोहलीले सन् २०२२ को टी–२० विश्वकपपछि हालसम्म टी–२० प्रतियोगिता पनि खेलेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप