आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पासपोर्ट आयातमा बाहिरियो १ अर्ब १७ करोड

बुधबार, ३० फागुन २०८०, १३ : ५०
बुधबार, ३० फागुन २०८०

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को ७ महिनाको अवधिमा १ अर्ब १७ करोड ३८ लाख रुपैयाँ बराबर रकम पासपोर्ट आयातमा बाहिरिएको छ । सरकारले नेपालीले प्रयोग प्रदान गर्ने पासपोर्ट फ्रान्समा छपाउने गरेको छ । 

भन्सार विभागका अनुसार यस अवधिमा विदेशबाट उक्त मूल्य बराबरको ३६ हजार ८३ किलोग्राम पासपोर्ट भित्रिएको हो । यस्तै यस अवधिमा विदेशबाट राजश्व विभागले प्रयोग गर्ने अन्तःशुल्क स्टिकर समेत आयात भएको छ ।

७ महिनाको अवधिमा २१ करोड ५८ लाख रुपैयाँ बराबरको अन्तःशुल्क स्टिकर आयात भएको छ । यस अवधि नेपालले विदेशबाट २ लाख ४६ हजार ३९२ किलोग्राम अन्तःशुल्क स्टिकर आयात गरेको छ । नेपालले आयात गर्ने सबै अन्तःशुल्क स्टिकर भारतबाट आउने गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप