यादव पक्षको विज्ञप्ति आधिकारिक होइन : रोशन पोखरेल
काठमाडौँ । चैत ४ र ५ गते नेपाल समाजवादी पार्टी (नेसपा)ले बोलाएको बैठकलाई चुनौती दिँदै महिन्द्र राय यादव पक्षधरले नयाँ विज्ञप्ति निकालेपछि डा बाबुराम भट्टराई पक्षधर आक्रोशित बनेको छ । नेसपामा यादव र भट्टराई गरी दुई जना अध्यक्ष रहेका छन् भने दुई नेताबिच पछिल्लो समय एकतालगायतका विषयमा विवाद रहँदै आएको छ ।
विवादकै बिच यादव पक्षीय नेता तथा महासचिव रमेशप्रसाद यादवले आफूहरूसँग कुनै सल्लाह नगरी भट्टराईले बैठक बोलाएको आरोप लगाउँदै बहिष्कार गर्ने चेतावनी विज्ञप्तिमार्फत दिएका थिए । तर, नेसपा कार्यालयका प्रमुख रोशन पोखरेलले महासचिव यादवले विज्ञप्ति जारी गरेकामा आक्रोश पोखे । उनले सबै पक्षसँग सल्लाह गरेर नै बैठक बोलाएको दाबी गरे ।
‘सबै पक्षसँग सल्लाह गरेरै बैठक बोलाएको हो । उहाँहरू (यादवलगायत)को माओवादी प्रवेश गर्ने सोच हो । प्रवेश गर्नुहुन्छ भने हाम्रो भन्नु केही छैन’, पोखरेलले रातोपाटीसँग भने, ‘कार्यालयलाई जानकारी छैन भने विज्ञप्ति कसरी आधिकारिक हुन्छ ? नेसपाको कार्यालय प्रमुख म हुँ । ४ र ५ गते बोलाइएको बैठक नेसपाको आधिकारिक हो । अन्य पार्टीको परिचयपत्र लिनेलाई नेसपाको बैठक होइन भन्ने अधिकार छैन ।’
उनले अब बैठकले नै सबै विषयमा छिनोफानो गर्ने बताए । उनले महाधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण