आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

यादव पक्षको विज्ञप्ति आधिकारिक होइन : रोशन पोखरेल

बिहीबार, ०१ चैत २०८०, १५ : ३८
बिहीबार, ०१ चैत २०८०

काठमाडौँ । चैत ४ र ५ गते नेपाल समाजवादी पार्टी (नेसपा)ले बोलाएको बैठकलाई चुनौती दिँदै महिन्द्र राय यादव पक्षधरले नयाँ विज्ञप्ति निकालेपछि डा बाबुराम भट्टराई पक्षधर आक्रोशित बनेको छ । नेसपामा यादव र भट्टराई गरी दुई जना अध्यक्ष रहेका छन् भने दुई नेताबिच पछिल्लो समय एकतालगायतका विषयमा विवाद रहँदै आएको छ । 

विवादकै बिच यादव पक्षीय नेता तथा महासचिव रमेशप्रसाद यादवले आफूहरूसँग कुनै सल्लाह नगरी भट्टराईले बैठक बोलाएको आरोप लगाउँदै बहिष्कार गर्ने चेतावनी विज्ञप्तिमार्फत दिएका थिए । तर, नेसपा कार्यालयका प्रमुख रोशन पोखरेलले महासचिव यादवले विज्ञप्ति जारी गरेकामा आक्रोश पोखे । उनले सबै पक्षसँग सल्लाह गरेर नै बैठक बोलाएको  दाबी  गरे ।

‘सबै पक्षसँग सल्लाह गरेरै बैठक बोलाएको हो । उहाँहरू (यादवलगायत)को माओवादी प्रवेश गर्ने सोच हो । प्रवेश गर्नुहुन्छ भने हाम्रो भन्नु केही छैन’, पोखरेलले रातोपाटीसँग भने, ‘कार्यालयलाई जानकारी छैन भने विज्ञप्ति कसरी आधिकारिक हुन्छ ? नेसपाको कार्यालय प्रमुख म हुँ । ४ र ५ गते बोलाइएको बैठक नेसपाको आधिकारिक हो । अन्य पार्टीको परिचयपत्र लिनेलाई नेसपाको बैठक होइन भन्ने अधिकार छैन ।’

 उनले अब बैठकले नै सबै विषयमा छिनोफानो गर्ने बताए । उनले महाधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप