शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

'रातो बल’ को प्रतियोगिताबाट म्याथ्यु वेडको सन्न्यास घोषणा

शुक्रबार, ०२ चैत २०८०, ११ : ५६
शुक्रबार, ०२ चैत २०८०

काठमाडौँ । चर्चित अस्ट्रेलियन ब्याट्सम्यान म्याथ्यु वेडले प्रथम श्रेणीको क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । उनले सेफिल्ड शिल्डको फाइनललगत्तै प्रथम श्रेणीको क्रिकेटबाट सन्न्यास लिने बताएका हुन् ।

सेफिल्ड शिल्डमा उनी तासमानियाबाट खेल्छन् । सेफिल्ड शिल्डको फाइनलपछि उनी इन्डियन प्रिमियर लिग (आईपीएल) मा सहभागी हुनेछन् । ३६ वर्षीय वेडले हालसम्म एक सय ६५ वटा प्रथम श्रेणीको प्रतियोगिता खेलिसकेका छन् ।

बिहीबार सुरु हुने वेस्टर्न अस्ट्रेलियाविरुद्धको सेफिल्ड शिल्डको फाइनल खेल वेडले खेल्ने एक सय ६६औँ खेल हुनेछ । सेफिल्ड शिल्डको फाइनलकै कारण वेडले आईपीएलमा सुरुआती खेल भने गुमाउने भएका छन् ।

‘सिफिल्ड शिल्डको फाइनलपछि मैले रातो बलको प्रतियोगिताबाट सन्न्यास लिने निर्णय गरेको छु । त्यसपछि म आफ्नो सम्पूर्ण ध्यान सेतो बलको प्रतियोगितामा केन्द्रित गर्नेछु,’ शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै वेडले भनेका छन् ।

वेडले प्रथम श्रेणीको क्रिकेटमा हालसम्म नौ हजार एक सय ८३ रन बनाएका छन् । प्रथम श्रेणीको क्रिकेटमा उनले १९ शतक र ५४ वटा अर्धशतक पनि बनाएका छन् । प्रमथ श्रेणीको क्रिकेटमा उनले बनाएको उच्च स्कोर एक सय ५२ रन हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप