'रातो बल’ को प्रतियोगिताबाट म्याथ्यु वेडको सन्न्यास घोषणा
काठमाडौँ । चर्चित अस्ट्रेलियन ब्याट्सम्यान म्याथ्यु वेडले प्रथम श्रेणीको क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । उनले सेफिल्ड शिल्डको फाइनललगत्तै प्रथम श्रेणीको क्रिकेटबाट सन्न्यास लिने बताएका हुन् ।
सेफिल्ड शिल्डमा उनी तासमानियाबाट खेल्छन् । सेफिल्ड शिल्डको फाइनलपछि उनी इन्डियन प्रिमियर लिग (आईपीएल) मा सहभागी हुनेछन् । ३६ वर्षीय वेडले हालसम्म एक सय ६५ वटा प्रथम श्रेणीको प्रतियोगिता खेलिसकेका छन् ।
बिहीबार सुरु हुने वेस्टर्न अस्ट्रेलियाविरुद्धको सेफिल्ड शिल्डको फाइनल खेल वेडले खेल्ने एक सय ६६औँ खेल हुनेछ । सेफिल्ड शिल्डको फाइनलकै कारण वेडले आईपीएलमा सुरुआती खेल भने गुमाउने भएका छन् ।
‘सिफिल्ड शिल्डको फाइनलपछि मैले रातो बलको प्रतियोगिताबाट सन्न्यास लिने निर्णय गरेको छु । त्यसपछि म आफ्नो सम्पूर्ण ध्यान सेतो बलको प्रतियोगितामा केन्द्रित गर्नेछु,’ शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै वेडले भनेका छन् ।
वेडले प्रथम श्रेणीको क्रिकेटमा हालसम्म नौ हजार एक सय ८३ रन बनाएका छन् । प्रथम श्रेणीको क्रिकेटमा उनले १९ शतक र ५४ वटा अर्धशतक पनि बनाएका छन् । प्रमथ श्रेणीको क्रिकेटमा उनले बनाएको उच्च स्कोर एक सय ५२ रन हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण