रियललाई शीर्ष स्थानमा १० अङ्कको अग्रता
काठमाडौँ । भिनिसियस जुनियरको दुई गोलको मद्दतले रियल मड्रिडले ओसासुनालाई हराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा १० अङ्कको अग्रता बनाउन सफल भएको छ । शनिबार भएको खेलमा रियल ४–२ गोलले विजयी बनेको हो ।
ब्राजिलियन फरवार्डले रियललाई खेलको चौथो मिनेटमा नै अग्रता दिलाएका थिए । तर, तीन मिनेटपछि नै एन्टे बुडिमिरले ओसासुनाका लागि बराबरी गोल फर्काए । १८ औँ मिनेटमा ड्यानी कार्भाहालले गोल गर्दै रियललाई पुनः अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा ३ मिनेटको अन्तरमा ब्राहिम डियाज र भिनिसियसले गोल गरेपछि रियलले खेलमा आफ्नो नियन्त्रण बनायो । इन्जुरी समयमा घरेलु टोलीका लागि इकेर मुनोजले एक गोल फर्काए पनि पुनरागमनका लागि ढिला भइसकेको थियो । खेलमा फेडेरिको भालभर्डेले रियलका तीनवटा गोलको लागि अवसर सिर्जना गरेका थिए ।
कार्लो एन्चेलोटीको नेतृत्वमा रियलले सबै प्रतियोगितामा हासिल गरेको यो २ सयौँ जीत थियो । उनको नेतृत्वमा रियल दोस्रो लिग उपाधितर्फ अग्रसर बनेको छ ।
२९ खेलपछि रियलको ७२ अङ्क छ । दोस्रो स्थानमा रहेको जिरोना शनिबार गेटाफेसँग १–० ले स्तब्ध बन्यो । टोलीको ६२ अङ्क छ । तेस्रो स्थानमा ६१ अङ्कसहित बार्सिलोना रहेको छ । बार्साले एक खेल कम खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण