पूर्वसभामुख महराले खोजिदिएका थिए चिनियाँ तस्करलाई गाडी
काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करलाई गाडी खोजिदिएको तथ्य भेटिएको छ । भेप र ६० किलो सुन तस्करीमा संलग्न चिनियाँ सुन तस्कर दाओजिन वाङलाई महराले गाडी खोजिदिएका हुन् ।
प्लाटिनम कलेजका प्रमुख कार्यकारी अधिकृत जीवनकुमार गुरुङसँग भनेर महराले वाङलाई गाडी मिलाइदिएको सुनबारे अनुसन्धान गरेको सीआईबीका एक जना अधिकृतले रातोपाटीलाई बताए । वाङले चढ्ने गाडी यसअघि नै प्रहरीले बरामद गरेको थियो । रिनावल्ट कम्पनीको डस्टर गाडी जीवनकुमार गुरुङसँगको नाममा रहेको भेटिएको छ । सो गाडी कृष्णबहादुर महराले भनेर चिनियाँ वाङलाई दिएको गुरुङले अनुसन्धान अधिकृतहरूसँग बताएका छन् ।
यसअघि सीआईबीले महराको बयान कागज गराएर उनलाई प्रतिवादी कायम नगरीकन अनुसन्धान प्रतिवेदन बुझाएको थियो । चिनियाँ नागरिकले दुबईबाट ल्याएर भन्सारमा रोकिएको ‘भेप’ छुटाउन आफूले तत्कालीन भन्सार प्रमुखलाई ‘फोन मात्रै गरेको’ यसअघि अनुसन्धान अधिकृतहरूसँग बताएका थिए ।
सो प्रकरणमा महरासँग सुन तस्करी जाँचबुझ आयोगले पनि बयान लिएको थियो । यसअघि सीआईबीका अनुसन्धान अधिकृतहरूसँग चिनियाँ सुन तस्कर दाओजिन वाङ्गसँग आफ्नो पुरानो चिनजान रहेको महराले स्वीकारेका छन् ।
वाङ विगत १५ वर्षदेखि नेपालमा थिए । वाङले प्रयोग गर्ने गाडी ब्युरोले बरामद गरेको थियो । सो गाडी जीवनकुमार गुरुङको नाममा रहेको अनुसन्धानका संलग्न ब्युरोका एक जना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्–‘सो गाडी हामीले गृह मन्त्रालय अन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा बुझाएका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण