अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौला
मङ्गलबार, ०६ चैत २०८०, १२ : ३६

काठमाडौँ । अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलालाई पदस्थापन गरिएको छ । तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध अख्तियारले मुद्दा दायर गरेपछि विभागमा महानिर्देशक तोकिएको थिएन ।
नयाँ महानिर्देशकमा सह सचिव कोषहरि निरौलालाई पठाइएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा नरबहादुर थापालाई पठाइएको छ । विमानस्थल अध्यागमन कार्यालयका सह सचिव गोगनबहादुर हमाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
बुण्डेस लिगाको उपाधि उचाल्दै बायर्न म्युनिखले गर्यो जिनको सुखद अन्त्य
-
एक दशकपछि रामबहादुरको मुहारमा फिरेको खुसी
-
ढकमक्क फुलेका गुलमोहरमा लोभिए पर्यटक
-
चार वायु थप सक्रिय, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
प्रतिनिधि सभा बैठक : यस्तो छ आजको कार्यसूची ?