नेसपा महिन्द्र पक्षमा ८५ जनाले हस्ताक्षर गरेको दाबी
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्र राय यादव पक्षमा अहिलेसम्म ८५ जनाले हस्ताक्षर गरेको दाबी गरिएको छ ।
अर्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको सोमबार बसेको केन्द्रीय समिति बैठकले महिन्द्र पक्षका नेताहरूलाई पदमुक्त गरेपछि यादव पक्षले हस्ताक्षर अभियान चलाएको हो ।
यसैबिच महिन्द्र पक्षको आकस्मिक केन्द्रीय समिति बैठक अहिले नयाँ बानेश्वरमा जारी छ । पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा बैठकले निर्णय गर्ने महासचिव रमेशप्रसाद यादवले जानकारी दिए ।
‘हामी पार्टी पुगर्ठनको तयारीमा छौँ । यस विषयमा छलफल जारी छ । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा बैठकले निर्णय गर्छ’, उनले भने ।
पदाधिकारीमा अध्यक्ष, सहअध्यक्ष र महासचिव आफैसँगै भएकाले फेरबदल नहुने उनले बताए । यस्तै उनले प्रदेशमा रिक्त भएका ठाउँमा पदपूर्ति हुने बताए । यादवकाअनुसार सात प्रदेशमध्ये मधेस प्रदेश, बागमती प्रदेशमा अध्यक्ष र इन्चार्ज महिन्द्र पक्षमै रहेका छन् । यस्तै कोशी, गण्डकी र लुम्बिनीमा अध्यक्ष र इन्चार्ज बाबुरामतर्फ गएका छन् । कर्णालीमा र सुदूरपश्चिममा इन्चार्ज महिन्द्र पक्षमा भएपनि अध्यक्ष बाबुरामतर्फ गएको उनले जानकारी दिए । यसैगरी कार्यकारिणी समितिमा १२ जना रहेको उनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण