महिला अधिकारको प्रसङ्ग उठाउँदै अस्ट्रेलियाले अफगानिस्तानसँग क्रिकेट खेल्न मानेन
काठमाडौँ । अफगानिस्तानमा मानवअधिकारको व्यापक हनन भइरहेको प्रसंग उठाउँदै अस्ट्रेलियाले निकट भविष्यमा हुने भनिएको अफगानिस्तानविरुद्धको टी–२० शृङ्खला नखेल्ने निर्णय लिएको छ ।
अस्ट्रेलिया र अफगानिस्तानबिच तीन वटा खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेलिने कार्यक्रम थियो । अफगानिस्तानमा खासगरी महिला अधिकारको व्यापक उल्लङ्घन भइरहेको जनाउँदै क्रिकेट अस्ट्रेलियाले शृङ्खला नखेल्ने निर्णय लिएको समाचारमा जनाइएको छ ।
आगामी अगस्तमा अस्ट्रेलियाले ‘न्यूट्रल भेन्यू’ मा अफगानिस्तानसँग टी–२० शृङ्खला खेल्ने घोषणा गरिएको थियो । यसअघि पनि मानवअधिकार उल्लंघनको विषय उठाउँदै अस्ट्रेलियाले अफगानिस्तानमा क्रिकेट खेल्न अस्वीकार गरेको थियो ।
अस्ट्रेलिया र अफगानिस्तानबिच सन् २०२१ मा टेस्ट र सन् २०२३ को मार्चमा एकदिवसीय शृङ्खला खेल्ने प्रस्ताव गरिएको थियो । तर, अस्ट्रेलिया ती दुवै प्रतियोगिता खेल्न अस्वीकार गरेको थियो । क्रिकेट अस्ट्रेलियाले मङ्गलवार विज्ञप्ति जारी गर्दै शृङ्खला रद्द गरिएको जनाएको हो ।
क्रिकेट अस्ट्रेलियाले अस्ट्रेलिया सरकारको चाहना पनि यस्तै रहेको दाबी गरेको छ । ‘हामीले आफ्नो सरकारसँग निरन्तर अफगानिस्तानको अवस्थाको बारेमा जानकारी लिइरहेका थियौँ । सरकारबाट पनि हामीले अफगानिस्तानमा महिला अधिकारको व्यापक हनन भइरहेकाले शृङ्खला नखेल्दा नै उपयुक्त हुने सुझाव पायौँ,’ क्रिकेट अस्ट्रेलियाले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण