म आगो हुँ

हो ... म आगो हुँ
आफैँलाई जलाएको छु
पटक- पटक
धेरै पटक
हिमाली सतह उठाउन
मानवीय अस्तित्व जुटाउन
खरानी पारेको छु
आफैँले आफैँलाई
सोध्नु होला किन ?
ती उठेका अनुहार
जलेका हुन्छन् -आफैँभित्र
शक्ति सञ्चय गर्न
तब पो ताप दिन सक्छन्
संसारका निर्दाहरूलाई
निरन्तर जगमगाउँछन् -
ऋषीहरूको समाधि झैँ
समुन्द्रको ज्वारभाटा झैँ
भन्नुहोला -
जाबो खरानीसँग के आश ?
आगो लाग्दछ - बकवास
समय- समयमा खाना पकाउँछ
जलाउँछ खरानी पार्छ सकाउँछ
लाग्न सक्ला -
आगो मात्र माध्यम हो
ठुला- ठुला उद्योगहरूका
धातु पगाल्ने भट्टीहरूका
भ्रममा नपर्नुस् -
हो... म आगो हुँ
खेल्ने प्रयास नगर्नुस्
कमजोर नसोच्नुस्
सोचे- भ्रममा पर्नु हुनेछ
किन मैले आगो रोजेँ ?
प्रश्न उठ्न सक्छ
प्रश्न उठाउन सक्नुहुन्छ
वर्ष- वर्षमा
महिना- महिनामा
हप्ता-हप्तामा
सबैको अन्त्य आगोबाट हुन्छ-
बलिया धातुहरूको
कमजोर सातुहरूको
मानेका भगवान्हरूको
जानेका महा मानवहरूको
कहिले- प्रलयमा
कहिले- चितामा
सम्मान गर्नुस् कि घृणा !
विषय तपाईंमा निहित छ
सम्मान गरे- शून्यतामा
घृणा गरे - चितामा
यात्रा सोध्नुहुन्छ भने-
म शून्यताको यात्रा गर्दैछु
आफैँले - आफैँभित्र
सके बुद्ध बन्न
नसके शुद्ध बन्न
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलकुदमा कोशी प्रदेश निरन्तर खस्किँदै
-
ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो
-
प्रत्यक्ष प्रसारण जारी रहेकै समयमा टेलिभिजन कार्यालयमा इजरायली हवाई आक्रमण (भिडियोसहित)
-
नेपाली शान्ति सैनिकको अदलीबदली
-
प्रतिनिधिसभाको बैठक बस्दै, सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल