स्रोत नखुलेको रकमको कनेक्सन लागु पदार्थमा जोडियो
वीरगन्ज । भारतको विहार राज्यस्थित सिवानका महम्मद आलमलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले स्रोत नखुलेको रकमसहित बीरगञ्जबाट शुक्रबार नियन्त्रणमा लियो ।
शंकास्पद रुपमा भातरबाट बीरगञ्जतर्फ प्रवेश गरिरहेका आलमलाई प्रहरीले जाँच गर्दा उनको साथबाट स्रोत नखुलेको २ लाख ५० हजार नेपाली रुपैयाँ बरामद भयो ।
उनलाइ बीरगञ्जको रजतजयन्ती चोकबाट पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाले बताए । आलममाथि थप अनुसन्धान गर्दै जाँदा उनको ‘कनेक्सन’ लागु औषध कारोबारीसँग रहेको रहस्य खुल्यो ।
यसरी फेला पर्यो चरेश
प्रहरीले आलमसँग बरामद पैसाको स्रोतबारे सोधखोज सुरु ग¥यो । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा आलमले आफूसँग भएको पैसा होटलमा पु¥याउन आएको बयान दिए ।
त्यसपछि उनको बयान अनुसार प्रहरीको टोली नारायणी गेस्ट हाउसतर्फ ‘मूभ’ भयो । प्रहरीको टोली गेस्ट हाउसमा पुग्दा आलम पनि सँगै गएका थिए ।
प्रहरीले उक्त गेस्ट हाउसको छुट्टाछुट्टै कोठामा बसेका दुई जनालाई नियन्त्रणमा लियो । पक्राउ पर्नेमा भारतीय नागरिक आरिफ राज र धादिङका सुरेश तामाङ थिए । तामाङ हामफालेर भाग्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार तामाङ हामफाल्दा उनको खुट्टामा गम्भीर चोट लागेको छ । उनको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
पक्राउ परेका तीनै जनामाथि लागु औषध सम्बन्धी कसुरमा म्याद थप भइ अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनायो ।
चार जिल्ला पार गरेर चरेश आइपुगेको थियो बीरगञ्ज
प्रहरी नियन्त्रणमा रहेका तामाङले दिएको बयान अनुसार बरामद चरेश चार वटा जिल्ला पार गरेर बीरगञ्ज पुगेको देखिन्छ । उनले धादिङबाटै चरेश लिएर आएको बयान दिएका छन् ।
उनले ट्याक्सी रिजर्भ गरेर आएको प्रहरीलाई बयान दिएका छन् । गजुरीबाटै ट्याक्सी रिजर्भ गरेर त्यही गाडीमा चरेश लिएर आएको बयान तामाङले दिएको डीएसपी थापा बताउँछन् ।
तामाङको बयान अनुसार बरामद १२ किलो २ सय ग्राम चरेश धादिङ, चितवन, मकवानपुर र बारा जिल्ला पार गर्दै पर्सासम्म ल्याइएको थियो । यसले नेपालको सुरक्षा व्यवस्थालाई समेत चुनौती दिएको छ ।
_I7oLXkCku5.jpg)
तर प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं डीआइजी भीम ढकाल सुरक्षा व्यवस्था कमजोर नभएको दाबी गर्दछन् । उनका अनुसार अहिले देशभरिका प्रहरीलाई कडाइका साथ निगरानी गर्न आदेश छ ।
‘तर त्यसका बाबजुद पनि यसरी लागु औषध ओसारपसार भइरहेको छ भने त्यो गम्भीर विषय हो, छानबिन हुन्छ,’ उनले भने ।
उनका अनुसार जनशक्ति अभावका कारण केही चेक प्वाइन्टमा कहिलेकाहीँ कमजोरी हुन जान्छ । तर यसको अर्थ नेपाल प्रहरी कमजोर भन्ने नरहेको उनी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण