अमेरिकाको मुक्तिनाथ धाममा हिमानीको रुद्राभिषेक
अमेरिका । नेपाल बाहिर स्थापित पहिलो मुक्तिनाथ धाममा यही चैत्र १८ गते युवराज्ञी हिमानी शाहले हिन्दु तथा बौद्ध धर्म अनुसार रुद्राभिषेक तथा शान्ति पाठ गर्ने भएकी छिन् ।
अमेरिकाको नर्दन क्यालिफोर्नियामा हालै स्थापना गरिएको मुक्तिनाथ धाममा यस प्रकारको पूजापाठ गर्ने पहिलो विशिष्ट व्यक्ति हिमानी ट्रस्टका शाह हुनेमुक्तिनाथ धाम निर्माण समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए।
‘राजनीति हामी जान्दैनौँ, तर नेपालको राजतन्त्रले हिन्दु धर्मको संरक्षण, हिन्दु र बौद्ध धर्मबीचको सहिष्णुताको प्रवर्द्धन गरेको र मुलुकमा सबै धर्म र सामाजिक आस्थालाई प्रवर्द्धन गर्न सघाएको सबैलाई थाहै छ’ अध्यक्ष पाण्डेले भने, 'अहिले नेपालमा राजतन्त्र छैन, तर सत्तामा रहँदा शाह परिवारले यस कार्यका लागि महत्त्वपूर्ण भूमिका खेलेको र आज पनि लाखौं नेपालीले धार्मिक विश्वासको विस्तारमा यस परिवारको सक्रियता रहोस् भन्ने चाहेको बुझेर हामीले पूर्वयुवराज्ञी हिमानी शाहलाई पूजा–अर्चनाका लागि आह्वान गरेका हौँ । '
नर्दन क्यालिफोर्निया क्षेत्रका हिन्दु र बौद्ध धर्ममा आस्था राख्ने नेपालीहरू पूर्व युवराज्ञी शाहका साथ पूजामा सरिक हुन उत्साहका साथ प्रतीक्षारत छन् ।
मुक्तिनाथ मन्दिरको स्थापना र भगवानको प्राण–प्रतिष्ठापछि नेपाली मात्र होइन भारतीय र अन्य मुलुकमा रहेका हिन्दु तथा बौद्ध धर्मावलम्वीहरु ओइरिएको अध्यक्ष पाण्डेले जानकारी दिए। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केही समयअघि नेपालको हिमाली क्षेत्र मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिरमा पुगेर छोटो तपस्या गरेको जानकारी पाएका हिन्दुस्तानी हिन्दुहरू ठुलो सङ्ख्यामा नर्दन क्यालिफोर्नियाको रिचमण्ड आउने गरेको पनि उनले जानकारी दिए ।
युवराज्ञी शाहलाई मुक्तिनाथ धाम परिवारले पूजापाठ सम्पन्न भएपछि उनलाई अभिनन्दन गर्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण