भारत र पाकिस्तानसहितको त्रिकोणात्मक शृङ्खलाको तयारीमा क्रिकेट अस्ट्रेलिया
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र एसियाली क्रिकेट काउन्सिल (एसीसी) को आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितालाई अपवाद मान्ने हो भने दुई चिर प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानले आपसमा क्रिकेट नखेलेको लामै समय बितिसकेको छ ।
भारत र पाकिस्तानबिच लामो समयदेखि चल्दै आएको राजनीतिक तिक्तताका कारण यी दुई राष्ट्रले आपसमा द्विपक्षीय शृङ्खला नखेलेका हुन् । यस्तोमा क्रिकेट अस्ट्रेलियाले भारत र पाकिस्तानलाई समेत समेटेर आफ्नो घरेलु मैदानमा त्रिकोणात्मक शृङ्खला खेल्ने तयारी अगाडि बढाएको छ ।
क्रिकेट अस्ट्रेलियाका सञ्चालन प्रबन्धक पिटर रोचले भारत र पाकिस्तानलाई समेत समेटेर त्रिकोणात्मक शृङ्खला आयोजना गर्ने विषयमा आफूहरूले लामो समयदेखि तयारी थालेको बताएका छन् । ‘सम्भावना निकै कम देखिन्छ । हाम्रो घरेलु तालिका पनि निकै व्यस्त छ,’ रोच भन्छन्, ‘तर, हामीले त्रिकोणात्मक शृङ्खलाका भारत र पाकिस्तान क्रिकेट बोर्डसँग कुरा गरिरहेका छौँ ।’
अस्ट्रेलियाले निकट भविष्यमै घरेलु मैदानमा भारत र पाकिस्तानसँग क्रिकेट खेल्दैछ । अस्ट्रेलिया र भारतबिचको पाँच टेस्टको शृङ्खला आगामी नोभेम्बरमा सुरु हुनेछ । पहिलो टेस्ट नोभेम्बर २२ देखि २६ तारिखसम्म पर्थमा खेलिने छ ।
अस्ट्रेलिया र भारतबिचको दोस्रो टेस्ट डिसेम्बर ६ देखि १० तारिखसम्म एडलेइडमा हुनेछ । तेस्रो टेस्ट डिसेम्बर १४ देखि १८ सम्म ब्रिसबेनमा खेलिने छ । चौथो टेस्ट डिसेम्बर २६ देखि ३० तारिखसम्म मेलबर्नमा हुनेछ । पाँचौँ टेस्ट आगामी जनवरी ४ देखि ७ तारिखसम्म सिड्नीमा खेलिने छ ।
त्यसअघि अस्ट्रेलियाले पाकिस्तानसँग पनि घरेलु मैदानमा सिमित ओभरको प्रतियोगिता खेल्ने कार्यक्रम रहेको छ । अस्ट्रेलिया र पाकिस्तानबिचको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय नोभेम्बर ४ मा मेलबर्नमा खेलिने छ । दोस्रो एक दिवसीय नोभेम्बर ८ मा एडलेइडमा र तेस्रो एक दिवसीय नोभेम्बर १० तारिखमा पर्थमा खेलिने छ ।
त्यसलगत्तै अस्ट्रेलिया र पाकिस्तानबिच तीनवटा टी–२० खेलको अन्तर्राष्ट्रिय शृङ्खला पनि खेलिने छ । पहिलो टी–२० नोभेम्बर १४ तारिखमा ब्रिसबेनमा खेलिने छ । दोस्रो टी–२० नोभेम्बर १६ मा सिड्नीमा र तेस्रो टी–२० नोभेम्बर १८ मा होबर्टमा खेलिने छ । सोही अवसरमा क्रिकेट अस्ट्रेलियाले त्रिकोणात्मक शृङ्खला पनि खेलाउने तयारी अगाडि बढाएको समाचारमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण