पोखरा महानगरको घर नक्सा अभिलेख चोर्ने २ जना पक्राउ
बिहीबार, १५ चैत २०८०, १० : ५७
पोखरा । सरकारी कागजात चोरी गरेको आरोपमा पोखराबाट २ जना पक्राउ परेका छन् । कास्की प्रहरीले पोखरा ८ नयाँ बजारमा रहेको सहरी स्वास्थ्य केन्द्रको भवनबाट सरकारी कागजातहरू चोरी गर्ने उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा ९ का २८ वर्षीय सुवीर थापामगर र २९ वर्षीय सरोज थापामगर छन् । उनीहरुले गत चैत १२ गते राति कागजात चोरेका थिए । भवनको ताल्चा फुटाएर पोखरा महानगरपालिकाको घर नक्साको अभिलेख चोरी गरेको अनुसन्धानबाट खुलेको छ ।
उनीहरूको साथबाट ३९ थान कागजात समेत बरामद भएका छन् । दुवै जनालाई चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको बैदाम प्रहरी प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण