शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा महानगरको घर नक्सा अभिलेख चोर्ने २ जना पक्राउ

बिहीबार, १५ चैत २०८०, १० : ५७
बिहीबार, १५ चैत २०८०

पोखरा । सरकारी कागजात चोरी गरेको आरोपमा पोखराबाट २ जना पक्राउ परेका छन् । कास्की प्रहरीले पोखरा ८ नयाँ बजारमा रहेको सहरी स्वास्थ्य केन्द्रको भवनबाट सरकारी कागजातहरू चोरी गर्ने उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा ९ का २८ वर्षीय सुवीर थापामगर र २९ वर्षीय सरोज थापामगर छन् । उनीहरुले गत चैत १२ गते राति कागजात चोरेका थिए । भवनको ताल्चा फुटाएर पोखरा महानगरपालिकाको घर नक्साको अभिलेख चोरी गरेको अनुसन्धानबाट खुलेको छ ।

उनीहरूको साथबाट ३९ थान कागजात समेत बरामद भएका छन् । दुवै जनालाई चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको बैदाम प्रहरी प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप