शाहिद कपुरका तीन पिता, तीन आमा !
मुम्बई । शाहिद कपुर यतिबेला दोस्रो पटक पिता बन्दैछन् । उनकी पत्नी मीरा राजपूत गर्भवति छिन् ।
दुवैको यतिबेला मीशा नामकी छोरी रहेका छन् । उनी चाँडै दुई वर्षको हुनेछिन् ।
तर, के तपाईंलाई थाहा छ, शाहिदका तीन पिता र तीन आमा रहेका छन् । तपाईंलाई पत्याउन गाह्रो पर्ला । तर, यो वास्तविकता हो ।
शाहिद कपुरका असली पिता पंकज कपुर
पंकज कपुर शाहिद कपुरका असली पिता हुन् । शाहिदकी आमा निलिमा अजीमको पहिलो विवाह पंकज कपुरसँग सन् १९७५ मा भएको थियो । तर, शाहिदको जन्म भएको तीन वर्षपछि सन् १९८४ मा पंकज र निलिमाको सम्बन्धविच्छेद भएको थियो । सम्बन्धविच्छेदपछि शाहिद आमा निलिमासँग बसे ।
दोस्री आमा सुप्रिया
सम्बन्ध विच्छेदपछि पंकज कपुरले सन् १९८९ मा नायिका सुप्रिया पाठकसँग विवाह गरेपछि उनी शाहिदकी दोस्रो आमा बनिन् । पंकज–सुप्रियाका दुई बच्चा रहेका छन् । छोराको नाम रुहान कपुर हो र छोरीको सना कपुर हो । सना चलचित्र शानदारमा देखिएकी थिइन् ।
दोस्रो पिता राजेश खट्टर
सन् १९९० मा निलिमाले अभिनेता राजेश खट्टरसँग विवाह गरिन् । तर, यो विवाह पनि चल्न सकेन । सन् २००१ मा दुवैले सम्बन्धविच्छेद गरे । सन् १९९५ मा दुवैको एउटा छोरा भएको थियो । २२ वर्षीय इसानले हालै माजिद मजीदीको चलचित्र वियोन्ड द क्लाउडस्बाट बलिउडमा डेब्यु गरेका छन् । ईशान आफ्नो आमासँग बस्छन् ।
निलिमाको तेस्रो विवाह
राजेश खट्टरसँग विवाह टुटेपछि उनले उस्ताद रजा अली खानसँग तेस्रो विवाह गरिन् । तर, यो विवाह पनि लामो चल्न सकेन । उता, राजेशले अभिनेतृ वन्दना सजनानीसँग सन् २००७ मा विवाह गरे । यस हिसाबले उनी शाहिदकी तेस्रो आमा बनिन् ।
शाहिदको ६ जनासँगै राम्रो सम्बन्ध रहेको छ । शाहिदको अन्य पिता र आमाबाट जन्मिएका भाई–बहिनीसँग पनि राम्रो सम्बन्ध रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण