हावाहुरीले किसानलाई पुर्याएको असरको क्षतिपूर्तिको व्यवस्था गर्न प्रधानको माग (भिडियोसहित)
आइतबार, १८ चैत २०८०, १२ : ११
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले हावाहुरीका कारण किसानको बाली नष्ट भएकोले क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् । आइतबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले चैत १२ गते हावाहुरी र असिना पानीले गर्दा पाकेको बाली भित्राउने बेलामा नवलपरासी पश्चिमका जनता अत्यन्तै पीडामा रहेको जानकारी गराए ।
किसानहरूले कति क्षति भएको छ, त्यसको सर्वेक्षण गर्न माग गर्दै त्यसमा भएको क्षतिको आधारमा राहत व्यवस्था गर्न माग गरे । सांसद प्रधानले राजस्व अनुसन्धान विभागले अनलाइन बिलिङ प्रणाली हुँदा पनि व्यापारीहरूलाई तर्साउने काम गरेको, अप्ठेरो अवस्था सिर्जना गर्ने गरेका कारण किसानहरूको सामग्री विक्रीमा पनि अप्ठेरो अवस्था सिर्जना भएको बताए ।
नवलपरासी महेशपुरमा क्वारेनटाइन राख्नका लागि पनि उनले माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण