हावाहुरीले किसानलाई पुर्याएको असरको क्षतिपूर्तिको व्यवस्था गर्न प्रधानको माग (भिडियोसहित)
आइतबार, १८ चैत २०८०, १२ : ११

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले हावाहुरीका कारण किसानको बाली नष्ट भएकोले क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् । आइतबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले चैत १२ गते हावाहुरी र असिना पानीले गर्दा पाकेको बाली भित्राउने बेलामा नवलपरासी पश्चिमका जनता अत्यन्तै पीडामा रहेको जानकारी गराए ।
किसानहरूले कति क्षति भएको छ, त्यसको सर्वेक्षण गर्न माग गर्दै त्यसमा भएको क्षतिको आधारमा राहत व्यवस्था गर्न माग गरे । सांसद प्रधानले राजस्व अनुसन्धान विभागले अनलाइन बिलिङ प्रणाली हुँदा पनि व्यापारीहरूलाई तर्साउने काम गरेको, अप्ठेरो अवस्था सिर्जना गर्ने गरेका कारण किसानहरूको सामग्री विक्रीमा पनि अप्ठेरो अवस्था सिर्जना भएको बताए ।
नवलपरासी महेशपुरमा क्वारेनटाइन राख्नका लागि पनि उनले माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम
-
अमेरिकाद्वारा संयुक्त अरब इमिरेट्ससँग २०० अर्बको सम्झौता
-
हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालयमा क्षति
-
युएईका सहायक मन्त्रीद्वारा परराष्ट्रमन्त्री राणासँग शिष्टाचार भेट
-
जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : प्रचण्ड
-
निर्मोही व्यासको ‘सम्झुँ कि बिर्सूँ’ लोकार्पण