रास्वपाको आलोचना गर्दै आएका हर्क साम्पाङले भेटे रवि लामिछाने
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेसँग भेट गरेका छन् । पछिल्लो समय साम्पाङले रास्वपाको निरन्तर आलोचना गर्दै आएका छन् ।
यद्यपि आइतबार मन्त्रालयमा भएको भेट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताइएको छ । गृहमन्त्रीको सचिवालयका अनुसार भेटका क्रममा साम्पाङले धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण गरिनुपर्ने धारणा राख्दै सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त स्रोत–साधन पनि हुनुपर्ने माग राखेका थिए ।
यस्तै कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेको भेटका क्रममा साम्पाङले गुनासो गरेका थिए ।
जवाफमा लामिछानेले लोकप्रिय जनप्रतिनिधिले मन्त्रालयमै आएर राखेका माग र गरेका गुनासोमा गम्भीर हुने बताउँदै माग सम्बोधनको प्रक्रिया सुरु गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
यस्तै साम्पाङले प्रहरीको मनोबल उच्च बनाउने गरी काम गर्न गृहमन्त्रीलाई सुझाव दिएका थिए । सो क्रममा लामिछानेले प्रहरीलाई ‘आम नागरिकलाई भरः गलत गर्नेलाई डर’ हुने सङ्गठन बनाउने प्रतिबद्धता जनाएका थिए ।
गृहमन्त्री र प्रमुख साम्पाङबिच लागू औषध दुर्व्यसनी नियन्त्रणबारे पनि छलफल भएको सचिवालयले जनाएको छ ।
सो क्रममा लामिछानेले प्रमुख साम्पाङले हरेक शुक्रबार सञ्चालन गरिरहेको ‘सुधारबार’ अभियानमा कुनै हप्ता आफू पनि सहभागी हुने प्रतिबद्धता समेत जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण