प्रदेश
बागमती प्रदेशसभा बैठक ४ बजेसम्म स्थगित
सोमबार, १९ चैत २०८०, १५ : ११
काठमाडौँ । बागमती प्रदेशसभा बैठक सोमबार अपराह्न ४ बजेसम्मका लागि स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपराह्न ४ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
बैठक बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको भएपनि सत्ता गठबन्धनमा देखिएको खटपटका कारण बैठक बस्न ढिलाइ भएको हो ।
एकीकृत समाजवादीकी प्रदेशसभा सदस्य रमा आले मगर बैठकमा सहभागी हुन नगइ दिएपछि समस्या उत्पन्न भएको हो । उनले मन्त्री माग्दै बैठकमा नगएको बताइएको छ । उनलाई गठबन्धनका नेताहरुले मन्त्री बनाउने आश्वासन दिएपछि उनी काठमाडौँबाट हेटौँडामा केहीबेरमा पुग्दैछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण