मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

बागमती प्रदेशसभा बैठक ४ बजेसम्म स्थगित

सोमबार, १९ चैत २०८०, १५ : ११
सोमबार, १९ चैत २०८०

काठमाडौँ । बागमती प्रदेशसभा बैठक सोमबार अपराह्न ४ बजेसम्मका लागि स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपराह्न ४ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।  

बैठक बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको भएपनि सत्ता गठबन्धनमा देखिएको खटपटका कारण बैठक बस्न ढिलाइ भएको हो । 

एकीकृत समाजवादीकी प्रदेशसभा सदस्य रमा आले मगर बैठकमा सहभागी हुन नगइ दिएपछि समस्या उत्पन्न भएको हो । उनले मन्त्री माग्दै बैठकमा नगएको बताइएको छ । उनलाई गठबन्धनका नेताहरुले मन्त्री बनाउने आश्वासन दिएपछि उनी काठमाडौँबाट हेटौँडामा केहीबेरमा पुग्दैछिन् ।

b

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप