सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्यो, ८ महिनामा ४ लाख ६८ हजार नेपाली बिदेसिए

सोमबार, १९ चैत २०८०, १५ : ५८
सोमबार, १९ चैत २०८०

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सङ्ख्या घटेको पाइएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्क हेर्दा घटेको देखिएको हो ।

गत साउनदेखि फागुन मसान्तसम्ममा चार लाख ६८ हजार १३५ जना नेपालीले वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।

विभागको तथ्याङ्क अनुसार गत साउनमा ५५ हजार ५७५ नेपालीले वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिएका थिए । जसमा पुनः श्रम स्वीकृति लिएकाहरूको तथ्याङ्क समावेश गरिएको छ ।

त्यस्तै भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ६८ हजार, २०१, पुसमा ६५ हजार ८१३, माघमा ६२ हजार १४७ र फागुनमा ६५ हजार ६५८ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएको विभागको तथ्यांकले देखाएको छ ।

गत आर्थिक वर्षको साउददेखि फागुनसम्म ८ महिनामा पाँच लाख ४० हजार ६७५ जना नेपाली विदेश गएका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ८ महिनामा ७२ हजार ५४० जना कम हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप